साहित्यिक पदयात्रा–३ का केही अनुभूतिहरू
* समीर सिंह
साहित्यिक पदयात्रामा सहभागी नभएको धेरै दिन भएको थियो । वर्षाको समय तथा अन्य विविध कारणले लामो समयपछि साहित्यिक पदयात्राको तेस्रो भाग सम्पन्न गरियो । अन्पाको केन्द्रको बैठकले आश्विन १३ गते पदयात्रा गर्ने निर्णय गर्यो । र, त्यसलाई सफलतापूर्वक सम्पन्न पनि गरियो ।
धेरै दिन भएको थियो, प्रकृतिसँग रमाउन नपाएको । काठमाडौँको खाल्डोको उकुसमुकुस जीवन शैलीबाट केही क्षणका लागि भएपनि उकालो चढ्न आतुरता भइरहेको थियो । उपत्यकाको भिडभाड जीवनशैली, धुलो र धुवाँबाट केही टाढा भाग्न मन लागि रहेको थियो । चराहरूको चिरबिर ध्वनि अनि हरियो जङ्गलमा रमाउन कहिले पाइने होला ? यस प्रकारका थुप्रै प्रश्नहरू मनमा उत्पन्न भइरहेको थियो । कुनै पहाडको टुप्पोमा चढेर चिच्याउन मन लागि रहेको थियो । अन्ततः आश्विन १३ गतेको दिन आयो । र, अन्पाको झन्डा बोकेर हामी निर्धारित स्थानमा पुग्यौ ।
ककनी जाने बाटोको फूलबारी गेटमा बि...








