सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी निर्वाचित
हेटौंडा/ सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएको छ । शुक्रबार भएको ९ औं महाधिवेशनमा उनका प्रतिद्वन्द्वी पवित्रा सुनारले ८७ मत प्राप्त गर्दा पन्थीले १४९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाति भएको हो ।
यसै गरी निर्वाचित महासचिवमा राधा खनाल निर्वाचित भएका छन् । महासचिवमा खनाल सर्वसम्मतिले चयन भएको हो । यस्तै समूहको उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् । यस्तै समूहको केन्द्रीय सदस्यहरूमा अजवी पौड्याल, विष्णु पन्थी, कालिका शिवाकोटी, कल्पना शर्मा, देवी सापकोटा, दीपा रेग्मी, तारा चापागाईं र सम्झना वन निर्वाचित भएका छन् ।...




