हेटौंडामा माघ १६ गते देखि २७ गते सम्म छैठौं सहिद अन्तराष्ट्रिय गोल्डकप हुने
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ६ स्थित गौरीटार रंगशालामा छैठौं सहिद अन्तराष्टिय मकवानपुर गोल्डकप हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १६ गते देखि २७ गते सम्म प्रतियोगिता हुने मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएको हो ।
प्रतियोगितामा १२ वटा टिम सहभागि रहने आयोजकले जनाएको छ ।
यसै गरी प्रतियोगितामा प्रथम हुनेलाई रु १५ लाख प्रदान गर्ने छन् भने द्धितिय हुने टिमले रु १० लाख ,सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईक , बिद्यागत उत्कृष्ट खेलाडिलाई २५ हजार प्रदान गर्ने र म्यान अफ दि म्याच घोषित हुनेलाई रु १० हजार प्रदान गर्ने र अन्य सहभागि टिमलाई यातायात खर्च प्रदान गरिने जनाएको छ । हेटौंडा -४ निवासी युवा व्यबसायी परशुराम स्मृति प्रतिष्ठानका प्रमुख सन्तोष गौतमले प्रतियोगितामा सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईकको सौजन्य गरिएको जिल्ला जिल्ला फुटबल संघ...








