मधेस प्रदेश

एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै

एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै

Breaking News 1, खेलकुद, मधेस प्रदेश, समाचार
काठ्माण्डौ/ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको हो । हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको छ । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।...
बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुष १० गतेबाट हुदैँ

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुष १० गतेबाट हुदैँ

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मधेस प्रदेश, समाचार
हेटौंडा/  दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हेटौंडामा हुदैँ छ । बागमती प्रदेश फुटबल संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने बारे जानकारी दिएको हो । प्रतियोगिता हेटौ.डा उपमहानगपालिका वडा नं.५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले बताए । प्रतियोगितामा बागमती प्रदेशका ११ वटा जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउने अध्यक्ष बस्नेतले जानकारी दिए । लिग कम नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने अध्यक्ष बस्नेतले बताएका छन् । आयोजकले प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान गरेको छ ।...
एनपीएलमा  पोखरालाई सुदूरपश्चिम रोयल्सले पाँच रनले हराउँदै प्लेअफमा

एनपीएलमा पोखरालाई सुदूरपश्चिम रोयल्सले पाँच रनले हराउँदै प्लेअफमा

Breaking News 2, खेलकुद, मधेस प्रदेश, मनोरञ्जन, समाचार
काठ्माण्डौँ/ नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ ।  सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर चार बलमा एक सय ४८ रनमा अलआउट भयो । पाखेराका एन्ड्रीस गोसले सबैभन्दा धेरै ३६ रन बनाए । यस्तै रेमन रेफरले ३३ र किरण थगुन्नाले अविजित ३२ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले पाँच विकेट लिए । यस्तै हर्मित सिंहले तीन र सैफ जइबले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनायो । सुदूरपश्चिमका आरिफ शेखले अविजित ४२ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । यस्तै रेमोन रेफर, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए । यो जीतसँगै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पु...
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै

Breaking News 1, खेलकुद, मधेस प्रदेश, समाचार
काठ्माण्डौ/  नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ ।   क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ । प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ । त्यस्तै फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ । त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ जसमा‌ २०% छुट दिइएको छ । प्रतियोगिता भरीलाई‌ हुने उक्त टिकटको जनरलतर्फ ४,४८०रुपैयाँ र भीआईपी तर्फ ८,२४० रुपैयाँ पर्ने छ ।...
कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने, खेल माघमा हुने

कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने, खेल माघमा हुने

Breaking News 2, खेलकुद, मधेस प्रदेश, समाचार
काठमाण्डौ/ पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने भएका छन् । अखिल नेपाल कबड्डी सङ्घका अनुसार लिगमा काठमाण्डौसहित ६ वटा शहर पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवलबाट टोलीले प्रतिनिधित्व गर्नेछन् । नेपाल कबड्डी लिगको लोगो र ट्रफीसमेत सार्वजनिक गरिएको छ । माघमा हुने लिगको यकिन मिति भने घोषणा भएको छैन । लिगका लागि सातवटा प्रदेशबाट एक सय दश जना खेलाडी छनोट भएका छन् । यी खेलाडी ६ फ्रेन्चाइज टिमका लागि उपलब्ध हुनेछन् । विदेशी खेलाडीको पनि सहभागिता रहने तर अहिलेसम्म यसको टुङगो नलागेको आयोजक अस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रालिले जानकारी दिएको छ । कुनै समय नेपालको राष्ट्रिय खेल भनेर चिनिने कबड्डी लिग हुने भएसँगै फेरि चर्चामा आउन थालेको छ ।...
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथोपटक विश्वासको लिदै

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथोपटक विश्वासको लिदै

Breaking news 3, मधेश प्रदेश, मधेस प्रदेश, राजनीति, समाचार
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिंन लागेका छन् । विश्वासको मत प्रोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । मधेश सरकारबाट निकालिएको कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासका मत लिन लागेका हुन् । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । २७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता यादवले १५ महिनाको अन्तरालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले मुख्यमन्त्री बन्दा, एमालेले र जनमतले समर्थन फिर्ता लिंदा तीनपटक विश्वासको मत लिएका थिए । अनलाईन खबरबाट  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"