Day: २ वर्ष अगाडि

उपाध्यक्ष्य थिङले गरे घरमै गएर सेवा प्रवाह

उपाध्यक्ष्य थिङले गरे घरमै गएर सेवा प्रवाह

समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष्य बनस्तम थिङले घरमै गएर सेवा प्रदान गर्नु भएको छ ।राक्सिराङ गाउँपालिका वडा नं ३ बसोबास गर्ने सर्मिला सुनारलाई अपाङ्गता परिचय पत्र वितरण गर्नु भएको हो । सुनार गम्भीरताको आधारमा अति अशक्त र प्रकृतिको आधारमा शारीरिकरुपमा अशक्त छिन् । यसरी घरमै पुगेर सेवा प्रवाह गर्न पाउदा खुसी मिलेको उपाध्यक्ष्य थिङले बताउनु भएको छ । । यस्तै पालिका अन्तर्गत रहेर हाल सम्म ५७ जनालाई घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरिसकेका उपाध्यक्ष्य थिङले जानकारी दिनुभयो ।...
खाद्य अधिकार सञ्जाल सञ्चालनको कार्यविधि निर्माण

खाद्य अधिकार सञ्जाल सञ्चालनको कार्यविधि निर्माण

बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमति प्रदेश अन्तरर्गत मकवानपुरमा खाद्य अधिकार सञ्जाल सञ्चालनको कार्यविधि निर्माण गरिएको छ । खाद्य अधिकार सञ्जाल मकवानपुर र फियान नेपालको सयुक्त आयोजनामा मंगलबार सञ्जालका सदस्यहरु बिच रहेर कार्यविधि निर्माण गरिएको हो ।    खाद्य अधिकार सञ्चालन निर्देशिका २०७९ को प्रस्तावनामा १४ वटा कार्यविधि रहेका छन् भने अनुसुची ४ वटा रहेको छ । बैठकमा खाद्य अधिकार जिल्ला सञ्जाल मकवानपुर, हेटौंडाका संयोजक बोल बहादुर कार्कीको अध्यक्षता र गैसस महासंघ बागमति प्रदेश समितिकि अध्यक्ष आरति पाठकको प्रमुख आतिथ्यता मा कार्यविधि निर्माण गरिएको थियो । यस्तै बागमति प्रदेश अन्तरर्गत विभिन्न जिल्लाका समुदायका निम्ति खाद्य अधिकार सम्प्रभुताका कामहरु गरिहेको फियान नेपाल बागमति प्रदेशका संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो ।  ...
हेटौंडामा चलचित्र काडेतारको च्यारिटी-शो प्रदर्शन हुने

हेटौंडामा चलचित्र काडेतारको च्यारिटी-शो प्रदर्शन हुने

Breaking News 1, समाचार
हेटौंडा / सामाना फिल्मस् प्रा.लिको आयोजनामा हेटौंडामा नेपाली चलचित्र काँडेतारको शो प्रदर्शन हुने भएको छ । आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत उक्त सो हुन लागेको आयोजकले जनाएको छ । खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागेको चलचित्रका निर्देशक नवल खड्काले बताउनुभयो । देशको माटो र नेपाली मान्छे जोगाउनु पर्छ भन्ने भाव चलचित्रमा रहेको भन्दै देशको ६० भन्दा बढी शो प्रदर्शन गरिसकेको र आगामी फागुन २७ गते चलचित्र देशभर प्रदर्शन हुने जनाएको छ । च्यारेटी शो भने आगामी पुस २७ गत एनएस सिनेमा हलमा काँडेतार प्रदर्शन गरिने निर्देशकले जनाएको छ ।...
एनआरएनद्धारा गैरआवासी संघको २१ जना सल्लाहकार चयन

एनआरएनद्धारा गैरआवासी संघको २१ जना सल्लाहकार चयन

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
 काठमाडौं / आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ जनाको सल्लाहकार समिति चयन गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो । सल्लाहकारमा महेश श्रेष्ठ जापान,नारायण आचार्य, नेदरल्याण्ड दुर्गा आचार्य अस्ट्रेलिया, नरेन्द्र भाट कतार, सुरेन्द्र नेपाल श्रेष्ठ युके, शशी पौडेल नेदरल्याण्ड,नारायण थापा अमेरिका, आनन्द बिष्ट अमेरिका, बिष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा, डा बिनोद शाह अमेरिका, बिमल सुवेदी कतार, नारायण कंडेल अमेरिका, पुष्प थापा जर्मनी, रोशन केसी जापान, सुवास जोशी बेल्जियम, मना थापा अफ्रिका, प्रेम गुरुङ बेल्जियम, चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा कृष्ण अर्याल नर्वे रहेका छन् ।यस्तै बैठकले रिक्त रहेको क्षेत्रीय संयोजक पदमा पनि नियुक्त गरेको छ । ओसियनाको युवा सहसयोजकमा विशाल पोखरेल, महिला सहसहसंयोजकमा मनिषा अर्याल उप्रेत...
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए पदबाट राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए पदबाट राजीनामा

Breaking News 1, प्रमुख समाचार, समाचार
२४ पौष, काठमाण्डौं  - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला  मंगलबार बिहान सम्बन्धित निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खनालले राजीनामा बुझाएका हुन् । अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।...
नेपालमा पनि देखियो कोरोनाको नँया सब भेरियन्ट

नेपालमा पनि देखियो कोरोनाको नँया सब भेरियन्ट

Breaking News 1, समाचार, स्वास्थ्य
हेटौंडा/  नेपालमा कोरोना भाइरसको नयाँ सबभेरियन्ट जेएन वान पुष्टि भएको छ ।कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको स्वाूथय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशमा विभिन्न उमेर समुहका १६ जना व्यक्तिको पीसीआर र एन्जिेन जाच गर्दा ७ वटा नमुना जेएन पष्टि भएको हो । संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जनाएको छ । ...
उच्च पहाडी क्षेत्रमा हिपात,तराई क्षेत्रमा कुहिरो

उच्च पहाडी क्षेत्रमा हिपात,तराई क्षेत्रमा कुहिरो

Breaking News 1, समाचार
हृटौंडा/ मंगलबार बिहान उच्च पहाडी भागमा हिमपात र तराई क्षेत्रमा कुहिरो लागेको छ । देशका केही भागमा आंशिक बदली भएको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"