Day: २ वर्ष अगाडि

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द हुने

Breaking News 1, समाचार
चितवन / गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो । तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो । पुस २८ गतेदेखि माघ २० दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । अनलाईन खबरबाट साभार गरिएको...
प्रधानमन्त्रीको अधिकारबारे सत्ता र प्रतिपक्षबीच संबैधानिक परिषद् सम्बन्धी विधेयकमा विवाद

प्रधानमन्त्रीको अधिकारबारे सत्ता र प्रतिपक्षबीच संबैधानिक परिषद् सम्बन्धी विधेयकमा विवाद

प्रमुख समाचार, समाचार
२६ पौष, काठमाण्डौं - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद्‌मा पदेन अध्यक्ष रहने प्रधानमन्त्रीलाई कति अधिकार हुने भन्नेमा विवाद भएको छ । सत्ता र प्रमुख प्रतिपक्षका सांसदबीच 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक' माथिको छलफलका क्रममा प्रधानमन्त्रीलाई संवैधानिक परिषद्मा कति अधिकार हुने भन्ने विषयमा विवाद हुँदा निर्णय हुन सकेन ।  राज्य व्यवस्था समितिमा संवैधनिक परिषद् सम्बन्धी विधेयकको दफा २ को उपदफा ९ र १० मा विवाद भएको हो । उपदफा ९ मा संवैधानिक परिषद् बैठकको गणपूरक संख्याको विषय छ भने १० मा निर्णय प्रक्रियाको बारेमा उल्लेख छ । उपदफा ९ मा प्रस्ताव गरिएको छ, 'बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक...
रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

Breaking News 1, प्रमुख समाचार, समाचार
२६ पौष, सर्लाही - जिल्ला अदालतले बाल यौन शोषणको मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।  न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ । सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।...
चालु आर्थिक वर्षको ५ महिनामै २ खर्ब २८ अर्बले बढ्यो विदेशी विनियम सञ्चिति

चालु आर्थिक वर्षको ५ महिनामै २ खर्ब २८ अर्बले बढ्यो विदेशी विनियम सञ्चिति

अर्थ, प्रमुख समाचार, समाचार
२६ पौष, काठमाण्डौं - चालु आर्थिक वर्षको ५ महिनामै विदेशी विनियम सञ्चिति करिब २ खर्ब २८ अर्बले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा आउँदा १४.८८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा नेपाली मुद्रामा करिब १५ प्रतिशतले वृद्धि देखिएको विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा भने १३.६ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा १३ अर्ब ३१ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । २०८० मंसिर मसान्तको कुल विदेश...
ज्ञानज्योतिका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

ज्ञानज्योतिका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

Breaking News 1, बागमती प्रदेश, शिक्षा, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ हेटौडा उपमहानगरपालिका वडा नम्बर- १५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानको पहलमा ईएनसि  संस्थाका प्रमुख चेत थोकरको सहयोगमा ज्ञानज्योति विद्यालयका विद्यार्थीहरुलाई बिहिबार ट्रयाक सुट वितरण गरिएको हो । हेटौंडा -१५ का वडा सदस्य पातलीमाया गोङ्बाको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको जनाएको छ । ५० हजार रकम बराबरको ४५ थान ट्रयाक सुट वितरण गरिएको नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिनुभयो । विद्यालयमा अध्यनरत विपन्न र आर्थिक अवस्था कमजोर भएका तामाङ र चेपाङ समुदायका विद्यार्थिलाई सहयोग गरिएको घलानले जानकारी दिनुभयो ।...
साताको अन्तिम दिन सेयर बजार घट्यो

साताको अन्तिम दिन सेयर बजार घट्यो

Breaking News 1, अर्थ, समाचार
  काठमाडौं/  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । कारोबार सुरु भएको ३५ मिनेटमै २१०६ विन्दुसम्म पुगेको नेप्से अन्ततः कारोबार बन्द हुँदा २०८८।९ विन्दुमा कायम भयो । नेप्से अघिल्लो दिनको तुलनामा ०।६२ अंक घटेको हो ।   नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १३ करोडको धितोपत्र कारोबार भएकोमा बिहीबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ९ को स्थिर रह्यो । अधिकांश समूह घटेका छन् । जीवन बीमा र होटल समूह सबैभन्दा धेरै १र१ प्रतिशत घटे । हाइड्रोपावर समूह सबैभन्दा धेरै १।५ प्रतिशत बढ्यो । अनलनईन खबरबाट साभार गरिएको...
माघ ६ गते दुर्गा प्रसाई हेटौंडमा आउने

माघ ६ गते दुर्गा प्रसाई हेटौंडमा आउने

बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपालको सभालाई सम्बोधन गर्न दुर्गा प्रसाई हेटौंडा आउने भएको छ । बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त संघले जानकारी दिएको हो । आगामि माघ ६ शनिबार दिउसो १ बजे हेटौंडा-४ स्थित भुप्रा चौरमा आम सभा हुने र सभालाई प्रसाईले सम्बोधन गर्ने  । प्रसाईले लघुबित्त सर्वहारा वर्गको बिषयमा कुरा राख्ने र मिटर ब्याजि, ऋणी पिडीतको बिषयमा सम्बोधन गर्ने जनाएको छ । साथै सुझाब संकलन समेत गर्ने राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल नारायणी अञ्चलका संयोजक बिजय कुमार तिमल्सिनाले जानकारी दिनुभयो । सभामा २५ हजार नागरिको सहभागि रहने अनुमान गरिएको छ भने कार्यक्रमको लागि ५ लाख खर्च हुने अनुमान गरिएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"