काठमाडौं/ साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । कारोबार सुरु भएको ३५ मिनेटमै २१०६ विन्दुसम्म पुगेको नेप्से अन्ततः कारोबार बन्द हुँदा २०८८।९ विन्दुमा कायम भयो । नेप्से अघिल्लो दिनको तुलनामा ०।६२ अंक घटेको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १३ करोडको धितोपत्र कारोबार भएकोमा बिहीबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ९ को स्थिर रह्यो । अधिकांश समूह घटेका छन् । जीवन बीमा र होटल समूह सबैभन्दा धेरै १र१ प्रतिशत घटे । हाइड्रोपावर समूह सबैभन्दा धेरै १।५ प्रतिशत बढ्यो ।
अनलनईन खबरबाट साभार गरिएको





























