Day: २ वर्ष अगाडि

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित

प्रमुख समाचार, समाचार
२७ पौष, धनगढी - नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई सर्वसम्मत पार्टी अध्यक्ष निर्वाचित गरेको हो ।  टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए । रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् ।...
राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार जिताउन प्रदेश समन्वय समिति गठन

राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार जिताउन प्रदेश समन्वय समिति गठन

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
काठमाडौं / सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति गठन गरेको छ । राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा समन्वय समिति बनाउने केन्द्रीय निर्णय अनुसार बागमतीमा समन्वय समिति गठन गरिएको हो । बागमती प्रदेशमा तीन सदस्यीय समन्वय समिति गठन गरिएको छ । एकीकृत रुपमा चुनावी समन्वय गर्न कांग्रेस प्रदेश सभापति इन्द्र बहादुर बानियाँको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र एकीकृत समाजवादीको प्रदेश अध्यक्ष सावित्रा भुसाल छन् । प्रदेश सभा भित्रका सदस्यहरुलाई समन्वय गर्ने गरी अर्को समन्वय समिति गठन गरिएको छ । उक्त समितिको संयोजक बागमती प्रदेशका मुख्यमन्त्री शािलकराम जम्कट्टेललाई जिम्मेवारी दिइएको छ । उक्त समितिको थप सदस्यहरुमा कांग्रेसका संसदीय दलका नेता बहादुर ...
पृथ्वीनारायण शाहको तस्बिर नोटमा अंकित गर्न कमल थापाको माग

पृथ्वीनारायण शाहको तस्बिर नोटमा अंकित गर्न कमल थापाको माग

समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताउनुभएको छ । अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्न सकिने बताउनुभएको हो । २०३ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने अध्यक्ष थापाको भनाई थियो । ईमेज खबरबाट साझा गरिएको...
शुभराज भोम्जनको चन्चले मेरो मन  बोलको मेल भर्सन गीत सार्वजानिक

शुभराज भोम्जनको चन्चले मेरो मन बोलको मेल भर्सन गीत सार्वजानिक

Breaking News 1, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया /  शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको स्वरमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भएको थियो । लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत  अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने  समग्र रुपमा विदेशिएको नेपालीहरुको कथालाइ अधार मानी शब्द रचना गरिएको गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनले बताएका छन। यस गीतको भिडियो पनि छिट्टै तयार पारिने जनाएको छ । गीतको एरेञ्ज जोगलाल लामाले गरेका छन भने मिक्सीङ मास्टरिङ अर्पन थिङ र गीत तयार पार्नको लागि व्यबस्थापकिय भुमिका गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निभाएका छन । बि. स. २०७३ साल देखिनै शुभराज भोम्जनको ...
मकवानपुरगढीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरगढीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर- १ स्थित बादरखोल्सी  भित्रि सडकखण्डमा  टिप्पर दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का रातोमाटे बस्ने २२ वर्षिय सुकदेव पाख्रिनको मृत्यु भएको  हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनु भयो। स्थानीय लेनडाँडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा प्र–०३–००१ ख १४८९ नम्बरको टिप्पर आफै अनियन्त्रित भई रोडबाट १५० मिटर तल खस्दा  पाख्रिनको मृत्यु भएको जनाएको छ । दुर्घटनामा चालकलाई उद्दार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा आज बिहान सवा २ बजे डाक्टरले मृत्यु घोषणा गरेका थिए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"