काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताउनुभएको छ ।

अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्न सकिने बताउनुभएको हो । २०३ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने अध्यक्ष थापाको भनाई थियो ।
ईमेज खबरबाट साझा गरिएको





























