हेटौंडा /मकवानपुर हेटौंडाका रमेश बन्जारा भनेर चिनिने इन्द्र प्रसाद बन्जाराले जबर्जस्तीकरणी मुद्दामा सफाई पाएको छ ।
मंगलबार बन्जारलाई जिल्ला अदालत मकवानपुरले मुद्दाको अन्तिम सुनुवाई गरी झुटो आरोप बाट सफाई दिएको हो । गत बर्ष चैत ३० गते एक महिलाले जबर्जस्तीकरणी गरेको भन्दै बन्जारा विरुद्ध उजुरी दिएको थियो ।
...
दक्षिण कोरिया । थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले माघी पर्व (थारु सम्बत् २६४७) को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम साथै चौँथो अधिवेशन फेब्रुअरी १० तारिकका दिन सौलान आयोजना गर्ने भएको छ । शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त गायिका अनु चौधरीको सांगीतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।
त्यसैगरी उक्त कार्यक्रममा स्थानिय कलाकारहरु संगै समीक्षा चौधरी, राज कुश्मिको पनि प्रस्तुती रहने छ । फेब्रुअरी १० तारिख 서울 뉴성라이 온스 클럽 서울특별시 성북구 도조문로 २० 나길 ४७ मा हुने कार्यक्रममा निशुल्क रुपमा प्रवेश गर्न पाउने समेत आयोजक समितिको अध्यक्ष शिवसंकर महतो थारुले जानकारी दिएका छन् । उक्त अवसरमा संस्थाको चौँथो अधिबेशन समेत हुने जनाएको छ । अध्यक्ष थारुले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक रुपमा आह्वान समेत गरेका छन् ।...
काठमाण्डौ /प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी भएका छन् । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४ विकेटले हरायो ।
एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । आर्मीका कप्तान विनोद भण्डारीले नट आउट ३४ रन बनाए । एपीएफका रमेश कुर्मीले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफ ३२ ओभर ४ बलमा १ सय २१ रनमा अल आउट भयो । एपीएफका कप्तान रोहित पौडेलले ५९ रन बनाए । आर्मी ६ अङ्कसहित तालिकाको चौथो र एपीएफ ४ अङ्कसहित सातौँ स्थानमा छ ।
उज्यालो नेर्टोकबाट साभार गरिएको...
काठमाडौं/ सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि रिक्त थयो । उहाँले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको बताउनु भयो ।...
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका हेटौंडा - ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । माघ १२ गते शुक्रबारका दिन हेटौंडा- ४ स्थित रोयल पार्टि प्यालेसमा प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हेटौंडा - ४ नम्बर वडाले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
हेटौंडा -४ मा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक अध्ययन तथा गुणस्तर सुधारको लागि उक्त कार्यक्रम गर्न लागेको शैक्षिक सुधार समिति हेटौंडा उपमहानगर - ४ का अध्यक्ष्य श्री राम दाहालले बताएका छन् । विद्यार्थिहरुको सिर्जनशिल प्रतिभा, गायन र नृत्य कलालाई प्रदर्शन गर्न लागेको जनाएको छ । उक्त प्रदर्शनि कार्यक्रममा वडा भित्र संञ्चालित विद्यालयले गरेको अभ्यासको प्रस्तुतिकरण गराउने, विद्यालय विद्यालय बिच प्रतिस्पर्धा गराउने ,विद्यार्थिहरुको शिर्जनशिलत...
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा तामाङ समुदायको साँस्कृतिक मौलिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै मनाउने भएको छ ।
बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा मनोरञ्जन दिनको लागि नेपाल देखि ख्यातिप्राप्त गायक उर्गेन दोङ आउने पक्का भएको आयोजक समितिका संयोजक एबम् संस्थाका अध्यक्ष सुनिता भुलोनले जानकारी दिएका छन् ।
कार्यक्रम फेब्रअरी ११ गतेको दिन बिहान ११ बजेदेखि अस्तार होटलको सभाहलमा हुने र कार्यक्रममा तामाङ समुदायको मौलिक परिकारहरुको साथमा साँस्कृतिक प्रस्तुतीहरु रहने छ । पहिलो पटक नेपाल देखि कलाकार ल्याएर गर्न लागेको कार्यक्रममा स्थानिय कलाकारुको पनि नृत्य तथा गायन प्रस्तुतीहरु रहने अध्यक्ष्य भोलनले बताए । अध्यक्ष भोलनले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक आह्वान समेत गरेका छन् ।...
हेटौंडा / लागूऔषध खैरो हिरोइन २५ ग्राम १०० मिलिग्राम सहित एक जना पक्राउ परेको छ । बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमो गाडीमा चेक जाँच गर्दा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेको हो ।
पक्राउ पर्नेका काठमाण्डौ बागेश्वरी नगरपालिका– ७ थली बस्ने २१ वर्षको उमेश परियार रहेका छन् र्। ा निजले लगाएको कालो ज्याकेटको खल्तिमा लागूऔषध हिरोइन फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हिरोइनसहित उमेशलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति पत्र दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुुभएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुुभएको छ । उहाँका अनुसार लाइसेन्स छाप्नको लागि ६ लाखप्रति कार्ड जर्मनीबाट आइसकेको छ र कार्डको गुणस्तर जाँच गरेपछि पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम शुरु हुन्छ । छपाइ कार्ड सकिएकाले सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ शुरु हुने जनाएको हो ।
उज्यालो नेर्टोकबाट साभार गरिएको...
काठमाडौं / काठमाडौंसहित अधिकांश जिल्लामा केही दिनयता जाडो बढेको छ । दिउँसो घाम लागे पनि बिहान–बेलुका अत्यधिक जाडो हुँदा जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ । किनकी आज बिहान पौने नौ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । सोमबार बेलुका काठमाडौंको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो ।...
शुभराज भोम्जन
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशनको मुख्य आयोजनामा दक्षिण कोरियाको राजधानी सौलमा आउदो ६ फेब्रअरीको दिन “स्पोर्टस ग्लोबल टुरिजम” विषयक एकदिने गोेष्ठी हुने भएको छ । मुख्य आयोजकको रुपमा गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशन रहनुका साथै नेपाली राजदुताबास दक्षिण कोरिया, हानयाङ विश्वविद्यालय, मिट ग्रुप फाउण्डेशन पनि आयोजकको रुपमा रहेको छ ।
त्यसैगरी गैर आवासीय नेपाली संघ दक्षिण कोरिया र नेस्पो पनि सह -आयोजकको रुपमा रहने कार्यक्रममा नेपालबाट सँस्कुति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसीङ तामाङको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष बिनोद कुँवरले विज्ञप्ती मार्फत जानकारी दिएका छन् । त्यसैगरी उक्त कार्यक्रममा दक्षिण को...