Day: २ वर्ष अगाडि

थानकोट -चित्लाङ सडक खण्ड आगामी २० असारसम्म बन्द हुने

Breaking News 2, समाचार
काठमाडौं / थानकोट -चित्लाङ सडक खण्ड आगामी २० असारसम्म बन्द हुने भएको छ । सडक खण्ड अन्तर्गत सेतो पहरोमा सडक निर्माण गर्ने कम्पनीले ग्रेड उच्च रहेको र चौडाइ कम भएको स्थानमा ब्रेकर प्रयोग गररे ब्याक कटिङ र ग्रेड डाउन गर्न सडक बन्द हुने चन्द्रागिरि नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवम् स्तरोन्नति गर्न लागिएकोले बिहीबारदेखि २० असारसम्म ९ बजेदेखि साँझ ४ बजेसम्म सडक पूर्णरुपमा सडक बन्द हुने विज्ञप्तिमा छ । सडक विभागको डिभिजन सडक कार्यालय काठमाडौं मातहतमा रहेको सडक बन्द गर्न नगरपालिकालाई सडक डिभिजनले मंगलबार पत्र काटेको थियो ।...
जिल्ला समन्वय समिती मकवानपुरको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम

जिल्ला समन्वय समिती मकवानपुरको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम

Breaking news 3, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  जिल्ला समन्वय समिती मकवानपुरको आर्थिक बर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम भएको छ । बिहिबार भएको समिक्षा कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले कामको सिलसिलामा आइपरेका समस्याहरु प्रस्तुत गरेका थिए । जिसस प्रमुख ललित बहादुर घलानको सभाअध्यक्षता र मकवानपुर क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य महेश वर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य वर्तौलाले मकवानपुर जिल्ला बनाउन साझा संकल्प बनाउनु पर्ने र १० वटै पालिकाका जनप्रतिनिधि, राजनितिक दलहरुले साझा लक्ष्य र योजना लिएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले भने "लागत र लाभ को आधार बाट आजको प्राथीमकता के हो भन्ने छुट्टाउन पर्दछ , म मेरो तर्फबाट साझा संकल्प को साथ अगाडि बढ्न तयार छु , हाम्रो पालामा साझा योजना को एउटा इट्टा थपेउ भने भोलि आउनेहरु ले त्यसलाई न...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"