‘ए ङाला ह्राङ्बा माया’ चलचित्रको हेटौंडामा विशेष प्रिमियर शो हुदैँ
हेटौंडा/ तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही पुष २० गते हेटौंडामा विशेष प्रिमियर शो हुने भएको छ । शनिबार चलचित्र निर्माण टिमले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै शो हुने सम्बन्धमा जानकारी गराएको हो ।
उक्त चलचित्र हेटौंडाको ओम्याक्स हलमा शो हुने चलचित्र निर्माता तथा चलचित्रका नायक हुत्त सञ्जय लामाले बताए । प्रेम कथामा आधारित रहेको र बहु विवाहले निम्त्याएका समस्याहरुलाई चलचित्रमा देखाउन खोजेको निर्देशक लामाले बताए । मकवानपुरको इन्द्रसरोवरको हुमानेमा छायांकन गरिएको चलचित्रको २४ लाख लगानीमा निर्माण सम्पन्न भएको लामाले जानकारी दिए । यसै गरीचलचित्रको ट्रेलर सोही दिन एचएमएम मिडिया युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । लोसाङ लामा र इकेश लामा निर्मित चलचित्रमा बिस्वजंग माझीले सह(निर्देशकको भुमिका निभाएका छन् । कार्यक्रमा तामाङ पत्रकार संघं बागमती प्रदेश, ज्ञानेन्द्र लामा, सचीव...