भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने – प्रचण्ड
हेटौंडा / पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने बताएका छन् ।
बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको पूर्व प्रधानमन्त्री प्रचण्डले बताए । देशबाट भ्रष्टाचारको अन्त्य भएमात्र सामाजिक न्याय स्थापित गर्न सकिने उनको भनाई छ । अध्यक्ष प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको समेत दाबी गर्नुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार रहेको समेत उहाँले उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा ...
