पहिलो सहभागितामै चर्च ब्वाइजले बागमती गोल्डकपको उपाधि जित्यो
हेटौँडा / पहिलो सहभागितामै चर्च ब्वाइजले मकवानपुरको बागमती गाउँपालिकामा भएको सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधी हात पारेको हो । चर्च ब्वाइजको उपाधी दिलाउन समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच का तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उपाधीसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधी जितेको हो । मछिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन...