पुराना पुलको मर्मत र तौल नियन्त्रण कडाइ गर्न नारायणी यातायात व्यवसायी कम्पनीको माग
हेटौंडा/ देशभरका पुराना तथा जीर्ण पुलहरूको मर्मत, राजमार्ग सुरक्षा, सवारीको भारवहन क्षमता नियन्त्रण, र ढुवानी कर प्रणालीको प्रभावकारी कार्यान्वयनको माग गर्दै नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.ले सरकारसँग ध्यानाकर्षण गराएको छ ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीका अध्यक्ष गोकर्ण पराजुलिले प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् । देशभर धेरै पुलहरू जीर्ण अवस्थामा रहेका कारण सवारी सुरक्षामा गम्भीर जोखिम देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ती पुलहरूको विधिक परीक्षण गरी आवश्यकता अनुसार मर्मत, स्तरोन्नति वा पुनर्निर्माण कार्य तत्काल अघि बढाउन कम्पनीले आग्रह गरेको छ । त्यस्तै, तोकिएको भारवहन क्षमताभन्दा बढी सामान बोकेर चल्ने सवारी साधनहरूलाई कडाइका साथ नियमन र कारबाही गर्नुपर्नेमा अध्यक्षले जोड दिएका छन् । अध्यक्ष पराजुलिका अनुसार सडक र पुलमा बढी भार परेको कारण...

