हेटौंडा/ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र बोर्डका अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले हेटौंडा व्यवस्थापन बोर्डले शुद्ध खाने पानी वितरण गर्दै आएको बताउनु भयो । हेटौंडा उपहानगरपालिकाले न्युनतम शुल्क तिरिसकेपछि विभिन्न वडाबाट जोड्ने काम भईरहेको बताउनु भयो । ५० बर्षको योजना , प्रदेश सरकार र स्थानिय सरकार डिपिआर फाईन्डआउट गरेर टेन्डरको चरणमा पुगेको बताउनु भयो । यसै गरी उहाँले खाने पानी व्यस्थापनका कर्मचारीलाई अझ जिम्मेवारी पुर्वक काम गर्न आग्रह गर्नु भयो । उहाँले खानेपानी बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो ।
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले आर्थिक वर्ष २०८०÷८१ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार, दैनिक सरदर पानी उत्पादन ६० लाख लिटरबाट बढेर हाल ३ करोड ७० लाख लिटर पुगेको छ । पानी चुहावट दर ३५ प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ । पूर्वाधार विस्तारको क्रममा, अघिल्लो वर्ष ८,५३७ रहेको धाराको संख्या हाल २८,४६३ पुगेको छ भने थप १९,९२६ नयाँ धारा जडान गरिएको छ । बोर्डले आफ्नै स्रोतबाट नगर क्षेत्रभित्र १५ वटा डिप ट्युवेल निर्माण गरेको छ। त्यसैगरी, मकवानपुरगढी गाउँपालिकामा ३ वटा, भीमफेदी गाउँपालिकामा २ वटा र हेटौंडा–९ मा १ वटा गरी ६÷७ स्थानमा समवेल निर्माण कार्य सम्पन्न भएको जानकारी दिइयो ।
कार्यक्रममा बोर्डमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी, स्वयंसेवक, पत्रकार तथा विभिन्न रूपमा सहयोग पु¥याउने व्यक्तिहरूलाई प्रशंसा पत्रसहित नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, खाने पानी उर्जा तथा सिचाई मन्त्रलयका सचिव मोहन कुमार शाक्य , हेटौंडा उपमहानगरपालिका–२, ६, ११ का वडा अध्यक्षहरू, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह राणाभाटलगायतको उपस्थिति रहेको थियो ।





























