तमू धीं दक्षिण कोरिया बुसान शाखाको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रवेश गुरुङ
दक्षिण कोरिया ।
तमू धीं दक्षिण कोरिया, ख्यङसाङ बुसान शाखाको चौथो अधिवेशन आईताबार सम्पन्न भएको छ । अधिवेशनबाट प्रवेश गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षहरुमा सन्तोष गुरुङ, हेमन्त गुरुङ, सुर्य गुरुङ र आशा गुरुङ चयन हुनुका साथै सचिवमा तेजन गुरुङ, सहसचिवहरुमा उमामी गुरुङ, विमेश गुरुङ, कोषाध्यक्षमा जीवन गुरुङ र सहकोषाध्यक्षमा सरिता गुरुङ चयन भएका छन् ।
संस्थाको सदस्यहरुमा अन्जु गुरुङ, लक्ष्मी गुरुङ, विनिता गुरुङ, प्रगति गुरुङ र प्रीति गुरुङ चयन भएका छन् । शाखा अध्यक्ष गितासिंह गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा तमू धीं दक्षिण कोरियाकी केन्द्रीय अध्यक्ष रुपमा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी संरक्षक गोपाल गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाका उपाध्यक्ष सम्राट लामा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बुसान शाखाका अ...
