झिल्किनीको जलपरी झरना र चमेरो गुफा राक्सिराङको नयाँ पर्यटकीय सम्भावना
मकवानपुर / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–३ मा अवस्थित झिल्किनी गाउँ अहिले पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै गएको छ । झिल्किनीमा रहेको जलपरी झरना र चमेरो गुफा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।
प्रदेश सरकार र राक्सिराङ गाउँपालिकाको संयुक्त लगानीमा झिल्किनी क्षेत्रको पर्यटन पूर्वाधार विकास भइरहेको छ । हालसम्म करिब १ करोड २३ लाख रुपैयाँको लगानीमा पार्क निर्माण सम्पन्न भएको छ। उक्त पार्कभित्र भगवान बुद्धको भव्य मूर्ति, जलपरीको कलात्मक शिल्प, र पर्यटकका लागि प्रतीक्षालय निर्माण गरिएको छ । पर्यटकलाई बस्न, घुम्न र विश्राम गर्न सहज वातावरण बनाउन आवश्यक संरचना विस्तार गरिएको छ । जलपरी झरनाको ठीक छेउमै रहेको चमेरो गुफा धार्मिक र प्राकृतिक दृष्टिकोणले झनै आकर्षक मानिन्छ। गुफाभित्र शिवको मूर्ति राखिएको छ भने सयौँ चमेराहरूको बास यही गुफामा पाइन्छ, जसले यसला...
