झिल्किनीको जलपरी झरना र चमेरो गुफा राक्सिराङको नयाँ पर्यटकीय सम्भावना

Advertisement

मकवानपुर / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–३ मा अवस्थित झिल्किनी गाउँ अहिले पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै गएको छ । झिल्किनीमा रहेको जलपरी झरना र चमेरो गुफा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।

प्रदेश सरकार र राक्सिराङ गाउँपालिकाको संयुक्त लगानीमा झिल्किनी क्षेत्रको पर्यटन पूर्वाधार विकास भइरहेको छ । हालसम्म करिब १ करोड २३ लाख रुपैयाँको लगानीमा पार्क निर्माण सम्पन्न भएको छ। उक्त पार्कभित्र भगवान बुद्धको भव्य मूर्ति, जलपरीको कलात्मक शिल्प, र पर्यटकका लागि प्रतीक्षालय निर्माण गरिएको छ । पर्यटकलाई बस्न, घुम्न र विश्राम गर्न सहज वातावरण बनाउन आवश्यक संरचना विस्तार गरिएको  छ । जलपरी झरनाको ठीक छेउमै रहेको चमेरो गुफा धार्मिक र प्राकृतिक दृष्टिकोणले झनै आकर्षक मानिन्छ। गुफाभित्र शिवको मूर्ति राखिएको छ भने सयौँ चमेराहरूको बास यही गुफामा पाइन्छ, जसले यसलाई रहस्यमय र आस्थामूलक गन्तव्य बनाएको छ ।

राक्सिराङ गाउँपालिकाले आफ्नो विभिन्न वडालाई विविध पर्यटकीय पहिचान दिने योजनामा काम गरिरहेको छ। मनहरी बजारबाट करिब ७ किलोमिटर माथि रहेको झिल्किनी क्षेत्रलाई प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पर्यटकीयस्थल बनाउने लक्ष्य लिइएको छ । गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ का अनुसार, झिल्किनी क्षेत्रको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार गम्भीरतापूर्वक लागेको छ । उहाँले भन्नुभयो “राक्सिराङ गाउँपालिकामा रहेका प्राकृतिक, धार्मिक र सांस्कृतिक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय विकासमा अघि बढ्ने हाम्रो लक्ष्य हो । जलपरी झरना र चमेरो गुफालाई विशेष प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गरिरहेका छौं । संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार प्रतिवद्ध छ। यस्ता प्रयासहरूले रोजगारी सिर्जनासँगै आन्तरिक पर्यटनलाई पनि टेवा पु¥याउनेछ भन्ने विश्वास लिएका छौं ।”

त्यसैगरी झिल्किनी नजिकैको सरिखेत–पलाशे क्षेत्रमा त्रिजट्टाको मूर्ति स्थापना गरिएको छ । यसले धार्मिक पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ । वडा नं। ५ मा प्रजा सङ्ग्रहालय निर्माणाधीन अवस्थामा रहेको छ भने वडा नं। ५ र ८ मा रहेको चेपाङ समुदायको परम्परा र सभ्यतालाई पर्यटकीय हिसाबले उजागर गर्न पहल भइरहेको छ । पत्रकार रामकुमार एलनका अनुसार, “स्थानीय संस्कृतिको संरक्षणसँगै पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ठाउँमा पूर्वाधार निर्माण भइरहेको छ । यी प्रयासहरूले विकट मानिएको क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउने विश्वास गरिएको छ ।” अबको दिनमा सामुदायिक संलग्नता, सरकारी लगानी र प्रचारप्रसारको समन्वयबाट झिल्किनी क्षेत्र मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"