बागमती प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने
हेटौँडा / बागमती प्रदेश सरकारले हालको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसलाई सहमति दिएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार, जेन–जि आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गर्न बजेट पुनरावलोकन आवश्यक भएको हो । यसमा टुक्रिएका योजनाहरू कटौती गर्दै दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिइने छ । बैठकले क्षतिग्रस्त मन्त्रालयहरूको संचालन सहज बनाउन उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समिति गठन गरेको छ । कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्री र सचिवहरू सदस्य छन् । यसैगरी, भौतिक पूर्वाधार मन्त्रीको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति गठन गरिएको छ, जसले क्षतिग्रस्त संरचना मूल्यांकन र पुनर्निर्माणको काम तुरुन्त सुरु गर्नेछ। बैठकले प्रादेशिक अस्पतालम...
