Day: ८ महिना अगाडि

खोटाङ सेवा समाज दक्षिण कोरियाको २० औं अधिवेशनको तयारी पुरा

खोटाङ सेवा समाज दक्षिण कोरियाको २० औं अधिवेशनको तयारी पुरा

Breaking News 1, दक्षिण कोरिया, प्रदेश १, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । खोटाङ सेवा समाज दक्षिण कोरियाको यहि २८ तारिखमा हुने अधिवेशनको तयारी पुरा भएको छ । आउँदो आइतबारको लागि तय गरिएको अधिवेशन भव्य रुपमा सम्पन्न गर्नको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको संस्थाका अध्यक्ष सुस्मा रानाहँमा राईले जानकारी दिनुभएको छ । सौलको दोङदेमुन स्थित एमजी सेमावल हलमा हुने अधिवेशनमा सहभागिहुनको लागि अध्यक्ष राईले आह्वान समेत गर्नुभएको छ । विगत साढे दुई  दशक भन्दा अघि देखि दक्षिण कोरियाको नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको उक्त संस्थाले गएको सलनालमा बृहत सांगीतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । २० औं अधिवेशनले कोरियामा रहेको खोटाङबासी नेपालीहरुलाई थप संगठित गर्दै लानमा सहयोग पुग्ने देखिन्छ ।...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा दीर्घकालीन शैक्षिक कल्याणकारी कोष मार्फत छात्रवृत्ति वितरण

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा दीर्घकालीन शैक्षिक कल्याणकारी कोष मार्फत छात्रवृत्ति वितरण

Breaking News 2, दक्षिण कोरिया, प्रमुख समाचार, शिक्षा
सिओल, दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले दीर्घकालीन शैक्षिक कल्याणकारी कोषमार्फत नेपालका विभिन्न जिल्लाका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाले हालसम्म ९ जिल्लाका ६५ जना विद्यार्थीलाई नगद रु. ५,००० सहित कापी, कलम, स्कुल ब्याग, जुत्ता लगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ। यससँगै असहाय बालबालिकालाई माध्यमिक शिक्षा परीक्षा (SEE) सम्म निरन्तर सहयोग गर्ने अभियान पनि अघि बढाइएको छ। यो अभियान १०औं कार्यसमितिका निवर्तमान अध्यक्ष रवि योञ्जन तामाङको कार्ययोजना अनुसार सुरु भएको हो भने हाल ११औं कार्यसमिति अध्यक्ष राजकुमार स्याङतानको संयोजकत्वमा समिति सदस्यहरू गणेश योञ्जन तामाङ, दावा फिन्जो तामाङ, एल.बी. रुम्बा तामाङ, पासाङ प्रयत्न बोम्जन तामाङ लगायतको सक्रिय सहयोगमा निरन्तर सञ्चालन भइरहेको छ। हालसम्म सहयोग पु...
स्व. साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता स्थगित

स्व. साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता स्थगित

Breaking News 1, खेलकुद, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले असोज ९ देखि ११ गतेसम्म आयोजना गर्न लागिएको “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता–२०८२” स्थगित गरेको छ । समितिका अध्यक्ष हिरा बाबु स्याङ्तानले बुधबार जानकारी दिँदै अर्को सूचना नआएसम्म प्रतियोगिता सञ्चालन नहुने बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता स्थगित गर्नुपर्नु परेको भए पनि उचित समय र परिस्थितीअनुसार नयाँ मिति तोकिएपछि सबैलाई जानकारी गराइनेछ । गत असोजमा कुलेखानी–सिस्नेरी क्षेत्रमा गएको पहिरोमा ज्यान गुमाएका युवा खेलाडी साइमन योन्जनको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको थियो। मकवानपुरगढी–३ स्थित भानु फुटसलमा हुने भनिएको प्रतियोगिता मार्फत स्थानीय खेलाडीको प्रतिभा प्रदर्शनसँगै समुदायमा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्य रहेको समितिले जनाएको थियो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"