बागमती प्रदेश श्रम मन्त्रालय – क्षति व्यवस्थापनसँगै डिजिटल सेवा सुरु
हेटौंडा/ बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्त्रालयको आगामी योजना र हालका गतिविधि सार्वजनिक गरेको छ ।
मन्त्री जयराम थापाले गत साउन २० मा गठन भएको नयाँ सरकार पहिलो बैठकदेखि नै योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिनुभएको छ । मन्त्री थापाका अनुसार गत भदौ २४ गतेको जेनेरेशन जेड प्रदर्शनको क्रममा मन्त्रालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मन्त्रालयअन्तर्गतका १२ वटा यातायात कार्यालयमध्ये दुई पूर्ण र दुई आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
यद्यपि, यो कार्यालय सेवाग्राही केन्द्र भएकाले तुरुन्तै पुनर्निर्माणको काम अघि बढिसकेको छ । मन्त्री थापाले प्रदेश सरकार गठनसँगै सबै मन्त्रालयमा चुस्त(दुस्त ९स्मार्ट सेवा० सुनिश्चित गर्न खर्च कटौतीको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। संघीय सरकारबाट अनुमति पाएपछि एक महिना...