Day: ६ महिना अगाडि

तामाङ समुदायको मौलिक कथा चलचित्र ‘ह्याङ तामाङ’  शनिवार बिशेष प्रदर्शनमा

तामाङ समुदायको मौलिक कथा चलचित्र ‘ह्याङ तामाङ’ शनिवार बिशेष प्रदर्शनमा

Breaking News 1, बागमती प्रदेश, मनोरञ्जन, समाचार
हेटौंडा / तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘ह्याङ तामाङ’ प्रदर्शनमा आएको छ । हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरसहित चलचित्र शनिवार प्रदर्शनमा आएको हो । प्रदर्शनमा दर्शकहरूको व्यापक उपस्थिति रहेको थियो । चलचित्रका नायक सिताराम गोलेका अनुसार ‘ह्याङ तामाङ’ले तामाङ समाजको रीतिरिवाज, भाषा, कला, संस्कृति तथा पछिल्ला वर्षमा समुदायले भोग्दै आएको सामाजिक तथा राजनीतिक यथार्थलाई गहिरोसँग प्रस्तुत गरेको छ । उहाँले चलचित्रले तामाङ समुदायको आत्मा, पहिचान र भावनालाई प्रभावकारी ढंगले दर्शकसमक्ष पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । निर्माण टोलिका अनुसार चलचित्रको छायांकन काठमाडौं, मनाङलगायत विभिन्न भौगोलिक तथा सांस्कृतिक स्थानहरूमा गरिएको हो । चलचित्रमा अभि लामा, अनिता गोले, जय स्याङ्तान , निर्मला मोक्तानलगायतका कलाकारहरूको सशक्त अभिनय समावेश छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"