हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा
हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ।
तामाङ समुदायको भाषा, लिपि, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले २०८० सालमा शिलान्यास गरी संग्रहालय निर्माण सुरु गरिएको हो । निर्माणका लागि आर्थिक वर्ष २०८०÷८१ मा हेटौँडा उपमहानगरपालिकाबाट ३० लाख, वडा नम्बर १० बाट ११ लाख र व्यक्तिगत स्रोतबाट ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष रोशन गोलेले बताउनुभयो ।
यसैगरी आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिकामा थप ३० लाख र १५ लाख रुपैयाँ बजेट प्राप्त भएको अध्यक्ष रोशन गोलेको भनाई छ ।आर्थिक वर्ष २०८२÷८३ मा हेटौँडा उपमहानगरपालिकाबाट ४० लाख रुपैयाँ तथा बागमती गाउँपालिका र भीमफेदी गाउँपालिकाबाट ५÷५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । चालु आर्थिक वर्ष २०८३÷८४ मा हेटौँडा उपम...