हेटौंडा / मकवानपुर जिल्लाको ईन्द्रसरोबर गाउँपालिकामा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ ।

वडा नम्बर–४ का स्थानीय छापडाँडाका ३२ वर्षिय सुमन गोलेको अरिंगालले टोकेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घरदेखी १ किलोमिटर दक्षीण छिमेकीको बारीमा काम गर्ने क्रममा अरिँगालले टोकेर घाईते भइ आफन्तले उपचारको लागी मनमोहन स्मृती सामुदायीक अस्पताल फर्फिङ काठमाण्डौमा लगेकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।





























