मकवानपुर, हेटौंडा/ हरिबोधनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिने गरेका छन् । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ ।

मकवानपुर गढी गाउँपालिका वडा नमबर २ मा अवस्थित एतिहासिक मकवानपुर गढी दरबार परिसरमा कार्तिक २७ गते मंगलबार हरिबोधनी एकादशी बिशेष मेला हुदंै छ । हरेक बर्ष यस दरबार परिसरमा हरिबोधनी एकादशीको अवसर पारेर मेला हुदैं आएको छ । भगवान कृष्ण को र महादेंव को मन्दिर अवस्थित रहेकाले छिमेकीे जिल्ला र भारतको बिहार सम्मका श्रद्धालुहरु दर्शन गर्न आउने गरेको २ नम्बर वडाका वडा अध्यक्ष्य बखान सिङ पाख्रिनले बताए । मेलामा विभिन्न खाले मादले नाच , जुहारी जस्ता गतिविधि हुने उनले बताए । स्थानियहरुले मेलामा फल्फुल तथा विभिन्न अग्रानिक सामाग्रिहरुको बिक्री वितरण समेत गर्ने अध्यक्ष्य पाख्रिनले बताए । मेलामा ४ हजार देखि ५ हजार श्रद्धालु आउने अनुमान गरिएको छ ।
हरिबोधनी एकादशीको धार्मिक विश्वास यस्तो छ ।
विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता अनुसार चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार शुभ साइत निस्कँदैन । चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि शुभ साइत निकालिन्छ ।

कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ । चार महिना अघि अर्थात् आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भमा ) आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मास भरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।





























