हेटौंडा–१८ मा आठ ए साइड नकआउट फुटबल प्रतियोगिता सुरु

Advertisement

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित आठ ए साइड नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। संयुक्त नव स्टार युवा क्लबको मुख्य आयोजना र दाजुभाइ एफसीको सह–आयोजनामा सुरु भएको प्रतियोगितामा कुल ११ टिम सहभागी छन् ।

 

प्रतियोगिताको पहिलो खेलमा एसएनवाईसी (B) र कमलदेवी युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा कमलदेवी युवा क्लब विजयी बन्दै अर्को चरणमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत भोलि बिहान ८ बजे नेवा एफसी र अग्रसर एफसी बीच प्रतिस्पर्धा हुनेछ।

विजेता टिमले नगद रु. ४०,०००, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. २०,०००, मेडल र ट्रफी प्राप्त गने छन्। प्रतियोगिता २८ गते सम्म सञ्चालन हुने जनाएको छ ।

स्थानीय युवा तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता र उत्साहले प्रतियोगिता थप रोचक हुने संकेत देखिएको छ। आयोजकहरूले प्रतियोगिता सफल बनाउन आवश्यक सबै तयारी पूरा गरिएको जनाएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

हेटौंडा / श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको ...
राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती  डिफेन्स पोजिसनमा छनोट

राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती डिफेन्स पोजिसनमा छनोट

हेटौंडा / नेपालको राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती पुलामी मगर डिफेन्स पोजिसनमा छनोट भएकी छन् । नेपाल हक्की सं...
तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

हेटौंडा ः तामाङ कलाकारिता इन्डस्ट्रीमा पछिल्लो समय युवा प्रतिभाको रूपमा आशिष लामा सक्रिय रूपमा उदाउँदै आएका छन् । कोरियोग्राफर, नि...
सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

हेटौंडा/  खेलकुद विकास समिति मकवानपुर गढी गाउँपालिकाको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"