हेटौंडा/ हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई फरक क्षेत्रमा नगद सहयोग हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष राजक शाहीको नेतृत्वमा हेटौंडा–१५, रातोमाटेमा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थललाई रु १० हजार नगद सहयोग प्रदान गरिएको थियो । त्यस्तै, बोन म्यारो क्यान्सरबाट पीडित हेटौंडा–१५, गौरिटार निवासी हेमन्त नेगीको उपचार सहयोगार्थ उनका परिवारलाई रु ४१ हजार ५ सयको चेक हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग कार्यक्रमले क्लबको सामाजिक प्रतिबद्धता दर्शाएको भन्दै सहभागीहरूले प्रशंसा गरेका थिए । कार्यक्रममा क्लबका पदाधिकारी, स्थानीय समाजसेवी,लगायतको यपस्थित रहेको थियो ।हेटौंडा इन्फिल्डर्स मकवानपुरले विगतमा पनि सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न सहयोग कार्यक्रम गर्दै आएका छन् ।





























