सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा १४ मा निर्माण सम्पन्न

Advertisement

हेटौंडा/  तामाङ समुदायको सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रमका बीच हेटौंडा नगर प्रमुख मीनाकुमारी लामाले उक्त पार्कको उद्घाटन गरेकी हुन् ।

हेटौंडा–१३ र १४ नम्बर वडाको सिमानामा निर्माण गरिएको डम्फु पार्क तामाङ समुदायको सांस्कृतिक तथा सामाजिक मूल्य झल्काउने स्थलका रूपमा निर्माण गरिएको हो । पार्क उद्घाटन गर्दै मेयर लामाले तामाङ समुदायको सांस्कृतिक पहिचान जोगाउन र नयाँ पुस्तामा यसको चेतना फैलाउन पार्क निर्माण गरिएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, “तामाङ समुदायको पहिचान डम्फु हो, जुन हरेक सांस्कृतिक कार्यक्रममा आवश्यक हुन्छ। यसले समुदायको गौरव बोकेको छ । यो पार्क उपमहानगरपालिकाको गौरवको योजना हो ।” वडा नं. १४ का अध्यक्ष दिपक खड्काले आफ्नो वडामा तामाङ समुदायको बाहुल्यता रहेकोले डम्फु पार्कको विशेष महत्व रहेको बताए। उनले आगामी दिनमा पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । ५ लाख रुपैयाँको नगरपालिकाको बजेटमा निर्माण गरिएको यस पार्कले स्थानीयवासीको आकर्षण पाएको छ । पार्क उद्घाटन कार्यक्रममा वडा नं. १४ का सदस्यहरू बिना थिङ, श्यामकुमार भोलन, वडा नं. १३ की सदस्य रन्जु गोम्जा, श्री छोर्बा बोम्बो, तथा डम्फु सेलो संस्था मकवानपुरका अध्यक्ष ताराबहादुर बम्जनलगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"