दक्षिण कोरिया । राप्ती समाज दक्षिण कोरियाको ७ औँ अधिवेशन आइतबार सम्पन्न भएको छ । सौलको दाङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा किशन ओली सर्वसहमतिमा निर्वाचित भएका छन् ।

संस्थाको अध्यक्ष अमृत केसीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरी प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्थाहरुको अध्यक्ष एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । अधिवेशबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा डिबि मगर, उपाध्यक्षहरुमा गोकर्ण रेग्मी, रामेश्वर बुढामगर, वर्षा भण्डारी चयन हुनुका साथै महासचिवमा अर्जुन केसी चुनिएका छन् ।
त्यसैगरी संस्थाको सचिवहरुमा देव केसी, ओमप्रकाश पुनमगर कोषाध्यक्षमा प्रकाश चन्द्र घर्ती मगर, सहकोषाध्यक्षमा नरेश घर्ति मगर, युवा संयोजकमा गोपाल बुढा, महिला संयोजकमा करुणा रिजाल र सदस्यहरुमा हुलाश केसी, श्रीधर ढकाल, दिल बहादुर पुन, हर्क बहादुर बुढा, दिल बहादुर डाँगी, डिल्ली केसी, भानुभक्त ओली, शिला केसी, पुर्णिमा घर्तिमगर, निश्चल केसी, राम प्रकाश केसी, पिमलाल केसी, गिर बहादुर बुढा लगायतका रहेका छन् । त्यसैगरी जिल्ला संयोजकहरुमा प्युठान जिल्लाबाट प्रकाह पोखरेल, दाङबाट सरद पाण्डे, रोल्पाबाट युवराज घर्ति चुनिएका छन् । अधिवेशनबाट आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन पास गरिएको थियो । अधिवेशनको विचमा राप्ती भित्र पर्ने जिल्लाहरुको पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्ने हेतुले तयार पारिएको २७ मिनेट लामो भिडियो सामाग्री देखाइएको थियो ।





























