युरोकपमा छानियो क्रोएसिया

Advertisement

काठमाडौँ, ६ मङ्सिर । क्रोएसिया युरोकप २०२४ मा छनौट भएको छ । मङ्गलवार राति सम्पन्न समूह डी अन्तर्गतको खेलमा अर्मेनियालाई १-० गोल अन्तरले पराजित गर्दै क्रोएसिया युरोकपमा छनौट भएको हो ।

 

क्रोएसियाको जितमा खेलको ४३औँ मिनेटमा आन्ट बुडीमिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि क्रोएसियाको समूह डी मा ८ खेलमा १६ अङ्क भएको छ र समूह उपविजेता हुँदै युरोकपमा छनौट भएको छ । यस समूहबाट समूह विजेता हुँदै टर्की युरोकपमा छनौट भएको छ ।

 

यो सँगै अब प्लेअफबाट छनौट हुने तीन देश बाहेक युरोकपमा खेल्ने २१ को टुङ्गो लागेको छ । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदै छ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् ।

 

त्यस्तै समूह डी बाट टर्की र क्रोएसिया छनौट भएका छन् । त्यसै गरी समूह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समूह एफ बाट बेल्जियम र अस्ट्रिया छनौट भएका छन् । त्यसै गरी समूह जी बाट हंगेरी र सर्बिया, समूह एच बाट डेनमार्क र सर्बिया, समूह आइ बाट रोमानिया र स्वीजरल्याण्ड तथा समूह जे बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन् ।

 

आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ । समूह ए मा रहेको नर्वे ८ खेलमा ११ अङ्कसहित तेस्रो भएको थियो । सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्ले अफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।

 

अब तीन स्थानका लागि प्लेअफमा पोल्यान्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्यान्ड, युक्रेन, आइसल्यान्ड, गर्जिया, ग्रिस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।  प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । ...
हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जो...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"