Day: ३ वर्ष अगाडि

डा.जगमान गुरुङले झुट्टा र कपोकल्पित कुरा गरेको मसालको ठहर

डा.जगमान गुरुङले झुट्टा र कपोकल्पित कुरा गरेको मसालको ठहर

समाचार
काठमाडौँ, मङ्सिर ६  । काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले डा. जगमान गुरुङले महामन्त्री मोहनविक्रम सिंहबारे भ्रामक अभिव्यक्ति दिएको बताएको छ । प्रवक्ता रामप्रकाश पुरीले बुधवार एक स्पष्टीकरण प्रेषित गर्दै महामन्त्री सिंहले डा. गुरुङले भने झैँ राजा चाहिन्छ भनेर कतै पनि अभिव्यक्ति नदिएको भन्दै एउटा स्पष्टीकरण जारी गरेका छन् । स्पष्टीकरणको सम्पूर्ण विवरण यस प्रकार छ - डा. जगमान गुरुङले मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान बिजुक्छे(रोहित)ले नेपालमा राजा चाहिन्छ भनेर भनेको भनी एउटा कुनै कार्यक्रममा अभिव्यक्ति दिनुभएको छ । का. मोहन वैद्य र का. नारायणमान बिजुक्छेले उहाँहरू आफैले त्यसबारे आफ्नो स्थितिलाई स्पष्ट गर्नुहोला । यहाँ हामीले का. मोहनविक्रम सिंहबारे डा. गुरुङको जुन अभिव्यक्ति प्रकट भएको छ, त्यसबारे स्पष्टीकरण दिन चाहन्छौँ । सर्वप्रथम, हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम ...
नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढङ्गबाट अघि बढ्छ

नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढङ्गबाट अघि बढ्छ

समाचार
काठमाडौँ, ६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन् । पश्चिम मोहडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले अब सरकार नयाँ ढङ्गले अघि बढ्ने बताएका हुन् । सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारको कामको प्रकृति र गुण नयाँ ढङ्गबाट अघि बढाउने बताएका हुन् । पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै प्रधानमन्त्रीले अब ताजा भई काम गर्न पाएको जानकारी दिए । ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुण पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प पनि यसभित्र रहेको महसुस गर...
इजरायल–हमासबीच युद्ध विराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

इजरायल–हमासबीच युद्ध विराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

Breaking News 1, अन्तर्राष्ट्रिय
काठमाडौँ, ६ मङ्सिर । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धलाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन् । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमास सँगको सम्झौतालाई अनुमोदन गरेको छ ।   चार दिनको अस्थायी युद्ध विरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ ।   जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यस क्रममा युद्ध रोकिनेछ ।’ हमासले ५० जनालाई रिहा गर्ने इजरायल सरकारले ज...
शितल निवास र वालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा,सुरक्षा सर्तकता बढाइयो

शितल निवास र वालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा,सुरक्षा सर्तकता बढाइयो

राजनीति, समाचार
मंसिर ६, काठमाडौं । मंसिर ७ गते अर्थात भोली युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले छुट्टाछुट्टै शक्ति प्रदर्शनको गर्ने तयारी गरिरहदा सरकारले बिभिन्न स्थानलाइ निषेधित क्षेत्र घोषणा गरिरहेको छ । सरकारले माइती घर, शितल निवास, पधानमन्त्रीको सरकारी निवास वालुवाटर, ललितपुरको पुलचोक स्थित मन्त्री क्वाटर जस्ता संभावित प्रर्दशन स्थान वरपरलाइ सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भन्दै शितलनिवास र बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, तोकिएको निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन...
युरोकपमा छानियो क्रोएसिया

युरोकपमा छानियो क्रोएसिया

खेलकुद
काठमाडौँ, ६ मङ्सिर । क्रोएसिया युरोकप २०२४ मा छनौट भएको छ । मङ्गलवार राति सम्पन्न समूह डी अन्तर्गतको खेलमा अर्मेनियालाई १-० गोल अन्तरले पराजित गर्दै क्रोएसिया युरोकपमा छनौट भएको हो ।   क्रोएसियाको जितमा खेलको ४३औँ मिनेटमा आन्ट बुडीमिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि क्रोएसियाको समूह डी मा ८ खेलमा १६ अङ्क भएको छ र समूह उपविजेता हुँदै युरोकपमा छनौट भएको छ । यस समूहबाट समूह विजेता हुँदै टर्की युरोकपमा छनौट भएको छ ।   यो सँगै अब प्लेअफबाट छनौट हुने तीन देश बाहेक युरोकपमा खेल्ने २१ को टुङ्गो लागेको छ । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदै छ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् ।   ...
विश्वकप फुटबलको छनोटमा अर्जेन्टिनासँग ब्राजिल पराजित

विश्वकप फुटबलको छनोटमा अर्जेन्टिनासँग ब्राजिल पराजित

खेलकुद, समाचार
मंसिर ६, काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो । विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वे विरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ । ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो । तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए । विश्वकप छनोटमा ब्राजिल पहिलो पटक घरेलु मैदानमा हारेको हो । अर्जेन्टिनाले १५ अंक सहित छनोट तालिकामा आफुलाई शीर्ष स्थानमा राखेको छ । ब्राजिल ८ अंक सहित छैटौं स्थानमा छ । अर्जेन्टिना अघिल्लो बर्षको विश्वकप विजेता पनि...
प्रतिबन्धित टिकटक अझै चलाइँदै, भिपिएन र डिएनएसबाट टिकटक नचलाउन प्रहरीको आग्रह

प्रतिबन्धित टिकटक अझै चलाइँदै, भिपिएन र डिएनएसबाट टिकटक नचलाउन प्रहरीको आग्रह

समाचार
मंसिर ६, काठमाडौं । नेपालमा सरकारले टिकटक बन्द गरेको भएपनि नेपालीहरुले टिकटक चलाइरहेका छन् । सामाजिक सञ्जाल टिकटकबाट सकारात्मक भन्दा नकारात्मक सुचना धेरै फैलिएको, सामाजिक सद्भाव बिथोलिएको, किशोरकिशोरीहरु अनावश्यक लतमा फसेको लगाएत कारण देखाउदै नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयले टिकटकलाइ पूर्णरूपमा बन्देज गरेको थियो । तर सरकारले प्रतिबन्ध लगाएपनि युवाहरुले भिपिएन, डिएनएस जस्ता एपबाट नेपालमा टिकटक चलिरहेको छ । चर्चित टिकटकरहरुले टिकटकमाथीको प्रतिवन्ध खुलाउन आन्दोलन मात्र गरिरहेका छैनन्, यस्ता माध्यमबाट टिकटक कसरी चलाउँने भन्दै सामाजिक सञ्जालमा नै पोष्ट समेत गरिरहेका छन् । तर सरकारले भने यसरी अबैध तरिकाबाट टिकटक नचलाउन बारम्बार आग्रह गरिरहेको छ । टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीको पनि अनुरोध छ । यसबाट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"