हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का २० वर्षिय योगेश अर्यालको हाँगा काट्नेक्रममा च्यापिएर मृत्यु भएको छ । हेटौंडम पदमपोखरीका वासुदेव अर्यालको छोरा २० वर्षिय योगेश अर्यालको रुखको हाँगाले च्यापिएर मृत्यु भएको हो ।

सोल्टि चोक नजिकै रुखमा चढी सोही रुखको हाँगा काट्ने क्रममा हाँगाले उनको काधमा लागी रुखमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।





























