Day: २ वर्ष अगाडि

चुनाव हारेका मान्छेलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएर संविधान र व्यवस्थाको भद्दा मजाक बनाए : रवि लामिछाने

चुनाव हारेका मान्छेलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएर संविधान र व्यवस्थाको भद्दा मजाक बनाए : रवि लामिछाने

Breaking News 1, प्रमुख समाचार, समाचार
२८ पौष, काठमाण्डौं - प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन, २०७९ मा पराजितहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने सत्तारुढ गठनबन्धनको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानेले आलोचना गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा विराजभक्त श्रेष्ठ सांसद निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा शनिबार आयोजित 'वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक समारोह' मा लामिछानेले चुनावमा पराजितलाई संवैधानिक व्यवस्थाविपरीत राष्ट्रिय सभा सांसद बनाइएकोमा आलोचना गरेका हुन् । 'राष्ट्रपतिले चुन्नका लागि राखिएको संख्यामा पनि भर्खरै चुनाव हारेको व्यक्तिलाई लिएर जानुपर्ने, यो व्यवस्थामा खतरा कोबाट छ ? कसले यो व्यवस्थालाई खतरा गर्‍यो ?,' सभापति लामिछानेले भने, 'परिवर्तनमा प्रहार त्यसले गर्‍यो जसले भर्खरै चुनाव हारेका मान्छेलाई ...
निर्वाचन आयोगले गर्यो राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले गर्यो राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान

प्रमुख समाचार, समाचार
२८ पौष, काठमाण्डौं - आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।  सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचनमा आठ राजनीतिक दलका ५१ उम्मेदवार मैदानमा छन्।  उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयन-पत्र दर्ता भएको थियो। आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६-६ जना उम्मेदवारको मनोनयन-पत्र दर्ता भएको छ। सातै प्रदेशमा महिला समूहतर...
हेटौंडा –४ का गिरीलाई आफ्नै भाइले पेट्रोल छर्केर आगो लगाए

हेटौंडा –४ का गिरीलाई आफ्नै भाइले पेट्रोल छर्केर आगो लगाए

Breaking News 2, समाचार, समाज
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित गरदेईमा आफ्नै सहोदर भाइले दाजुलाई पेट्रोल छर्केर आगो लगाएका छन् । मादक पदार्थ सेवन गरेर अन्दाजी ३२ वर्षका कुमार गिरीलाई आफ्नै भाइ २८ बर्षिय रवि गिरीले पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगोले जलेर गम्भीर घाइते गिरीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । आगो लगाउने भाइ रवि लाई प्रहरीले पक्राउ गरेको छ । घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
हेटौंडा १२ का २० वर्षिय अर्यालको हाँगा काट्नेक्रममा च्यापिएर मृत्यु

हेटौंडा १२ का २० वर्षिय अर्यालको हाँगा काट्नेक्रममा च्यापिएर मृत्यु

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का २० वर्षिय योगेश अर्यालको हाँगा काट्नेक्रममा च्यापिएर मृत्यु भएको छ । हेटौंडम पदमपोखरीका वासुदेव अर्यालको छोरा २० वर्षिय योगेश अर्यालको रुखको हाँगाले च्यापिएर मृत्यु भएको हो । सोल्टि चोक नजिकै रुखमा चढी सोही रुखको हाँगा काट्ने क्रममा हाँगाले उनको काधमा लागी रुखमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।...
धौलागिरी सांगीतिक सौगात भाग-४ तयारीको विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलन हुदै

धौलागिरी सांगीतिक सौगात भाग-४ तयारीको विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलन हुदै

Breaking News 1, प्रवास, मनोरञ्जन, समाचार
दक्षिण कोरिया/ धौलागिरी सांगीतिक सौगात भाग-४ को तयारीको विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलनको आयोजना गरिदै छ । बागलुङ समाज दक्षिण कारियाको आयोजनामा भोलि कोरियाको दोङ्देमुल स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभा हलमा सांगितिक सौगातलाई सहजिकरण गर्ने उद्देश्यले भेटघाट तथा पत्रकार सम्मेलनको आयोजना गरिने भएको हो । प्रवासी भुमिमा भैपरी आउने समस्याहरु समाधानको लागि आपतकालिन राहत कोष निर्माण गर्न कोरियाको नँया बर्ष सलनालको अवसरमा बाग्लुन समाज दक्षिण कारियाले आउदै गरेको फेब्रुअरी १० मा सांगितिक सौगातको आयोजना गर्न  लागिएको हो । सांगितिक सौगातमा कलाकारहरु गायक राजेस पायल राई ,गायिका शान्ति श्री परियार ,गायक प्रकास दुतराज,गायिका अनुपा थापा मगर, गायक बसन्त थापा, हाँस्यकलाकार सुबोध गौतम र गायक तथा प्रस्तोता राजेश बर्देवा आउने आयोजकले जानकारी दिएका छन् ।...
माघ १ गते हेटौंडामा छैठौं माघि थारु महाउत्सव हुदै

माघ १ गते हेटौंडामा छैठौं माघि थारु महाउत्सव हुदै

Breaking news 3, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवि चौरमा छैठौं माघि थारु महाउत्सव हुने भएको छ । माघि महाउत्सव मुल आयोजक समिति मकवानपुरले  शनिबार पत्रकार सम्मेलन मार्फत माघ १ गते माघि थारु महाउत्सव हुने जानकारी दिएको हो । महाउत्सव  दिउसो १० बजे देखि सुरु हुने र करिब ५ हजार दर्शकले अनुगमन गर्ने अनुमान गरिएको छ । महाउत्सव समपन्न गर्न ७ लाख ५० हजार रकम खर्च हुने आयोजकले अनुमान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले माघि महाउत्सवको उद्धघाटन गर्ने छ । थारु जातिले मनाउने चाड पर्वहरु मध्य मुख्य पर्व माघि गणप्रथा भित्रको नयाँ बर्षको रुपमा मनाउने गरेको छ । थारु जातिको सांस्कृतिक , लोक कला , भाषादर्शन,रितिरिवाज र थारु खनपिन परिवारको व्यवसालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र थारु समुदायमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्तुत गराई थारु समुदायक...
मकवानपुरगढीमा अन्तरपालिका स्तरीय रनिङशिल्ड सुरु

मकवानपुरगढीमा अन्तरपालिका स्तरीय रनिङशिल्ड सुरु

Breaking News 2, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा आज शनिबारबाट अन्तरपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता आज बाट सुरु भएको हो । प्रतियोगितामा प्रतियोगितामा ११ वटा टिम सहभागि रहने भनिएकोमा ७ वटा टिम सहभागि रहेको मकवानपुर गढी खेलकुद विकास समितीका सदस्य विक्रम योन्जनले जानकारी दिनुभयो । मनहरी, राक्सिराङ,बकैया र भिमभफेदि गाउँपालिका उपस्थित नरहेको सदस्य योन्जनले बताउनु भयो । बागती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी छिन्तुले प्रतियोगिताको उद्धघाटन गरेका छन् । प्रतियोगिताको उद्धघाटन समारोहमा मकवानपुर गढी गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष्य हिरा बाबु स्याङतान, मकवानपुर गढी गाउँपालिका प्रमुख अध्यक्ष्य दोर्जे लामा स्याङतान, गढी गाउँपालिका उपाध्यक्ष्य मान कुमारी पाख्रिन लगायतका पधाधिकारीहर...
दाङ बस दुर्घटनामा हेटौंडाका  विष्ट सहित ८ जनाको पहिचान खुल्यो

दाङ बस दुर्घटनामा हेटौंडाका विष्ट सहित ८ जनाको पहिचान खुल्यो

Breaking News 1, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौँ /भालुबाङ बस दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत,  काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे र भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने नामका व्यक्तिको पहिचान खुलेको हो । यसैगरी श्रीढुस्का–९ जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुम पश्चिम गोतामकोटका २५ वर्षीय दीपक कामी र भारत बिहारका ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्रको सनाखत भएको हो । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्तीपुलबाट नदीमा खसेको थियो । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको मेडिकल कलेज कोहलपुर, ७ जनाको बुटवल र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिनु भएको छ ।  ...
५ प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने

५ प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने

समाचार, समाज
काठमाडौँ / हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"