शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको चाड सोनाम ल्होछार आज देशका विभिन्न स्थानमा सास्कृतिक रुपमा मनाईदै

Advertisement

अन्जना तामाङ
हेटौंडा/नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा आधारित देश हो । हरेक जातजातिले फरक–फरक चाडपर्व मनाउने गर्छन् । सबैले आआफ्नै विशेषता रहेका छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँ अनुसार फरक संस्कार र संस्कृति हुन्छन् । नेपाल एक धर्म निरपेक्षतामा आधारित राष्ट्र पनि हो । जहा विविध धर्मालम्बि, जातजातिको बसोबास रहेको पाईन्छ । विभिन्न प्रकारका जातजातिको हिसाबमा फरक चाड, संस्कार भेषभुषा, रितिरीवाज मान्ने गर्छन् ।

नेपालमा तानाशाही राणा शासनपछि ३० वर्षे पञ्चायति व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी तामाङ जातिय आन्दोलका दौरानमा राज्यको संरक्षण अभावमा लगभग बिलाई सकेको अपस्था थियो । करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायका बीचमा बहस छलफल चलाउँदै निष्कर्षमा पुगि माघ शुक्लपक्ष प्रतिपदाका दिनलाई २०५१ सालमा राष्ट्रिय पर्वको सोनाम ल्होछार सूचीकृत भयो । त्यस पछि नेपालमा तामाङ,गुरुङ,शेर्पाले नयाँ बर्षको रुपमा राष्ट्रिय पर्व ल्होछार मनाउदै आएका छन् ।

यसै सन्दर्भमा तामाङ जातीले हजारौ बर्षदेखि शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछारलाई धुमधाम गरी मनाउने गर्छन । आज शनिबार देशका विभिन्न स्थानमा सोनाम ल्होछारलाई तामाङहरुले नयाँ वर्षको आरम्भको रूपमा मनाउदै छ । मञ्जु श्री संवत २८६० डुक/ मु ल्हो सोनाम ल्होछार मनाउदै छन् । बर्ष बौद्ध धर्मावलम्बीहरु ल्होछारको नयाँ दिन यस वर्ष सबैको शुभमंगल होस् भन्ने कामनाका साथ लामाद्वारा मंगलामृत मन्त्र वाचन गरि घरको आँगनमा आफ्नो संस्कृति अनुसार ग्रहशान्ति पूजा गर्ने गर्छन् । ल्होछारको अवसरमा परदेश गएका आफन्त घरमा आउने, कुल कुटुम्ब, इष्टमित्र एवं चेलीबेटीलाई बोलाएर मिठामिठा पकवानहरु खुवाउने, तामाङ पोशाक लगाउने र परम्परागत लोकसंस्कृतिले भरिपूर्ण गीत(संगीतमा नृत्य गर्दै रमाइलो गर्ने गरिन्छ । बौद्ध ज्योतिष शास्त्रमा आधारित ल्होछार परम्परा अन्धविश्वासमा चलेको संस्कृति भने होइन ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"