हेटौंडा / मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा एक दिवसीय ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार हेटौडाको रोयल प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि प्रदेश सहकारी विकास वोर्डको उपाध्यक्ष नारायणप्रसाद देवकाटाले सहकारी संस्थाहरु नीति र बिधिमा आधारित भएर सञ्चालन हुनुपर्ने बताए । उनले पछिल्लो समयमा सहकारीमा उत्पन्न जटिलताले सबै सशंकित भएतापनि मकवानपुरमा यस्तो जटिलता हालसम्म नआएको बताए । देवकोटाले सहकारीहरुलाई उत्पादनसँग जोडर लगानी गर्न अनुरोध गर्दै सहकारीमा सुशासन र प्रविधिमैत्री बनाई सेवा प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका घिमिरे दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लब तिमल्सिना, बागमती प्रदेश प्रमुख रामेश्वर अर्याल, अडिटर्स एसोसियसन नेपालका केन्द्रीय सदस्य प्रकाश ढकाल, मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल लगायतको आथ्यिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लब तिमल्सिनाले ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ विषयमा प्रशिक्षण दिएका थिए । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघमा आवद्ध जिल्लाका विभिन्न सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा उपसमिति सदस्यहरुको सहभागिता रहेको थियो । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममाको सञ्चालन सचिब प्रतिमा श्रेष्ठले गरेकी थिईन् ।





























