हेटौँडा/ मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित २ जनालाई प्रक्राउ गरेको छ ।

पश्चिम राजमार्ग अन्तर्गत हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा ३ ख ८३८२ नम्बरको यात्रुवाहक बसलाई सुरक्षाजाँच गर्दा प्रहरीले लागुऔषध गाँजासहित २८ बर्षीय जीवन लामा र १६ बर्षीय शुक्लाङ भोलनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जना राक्सिराङ गाउँपालिका–१ निवासी रहेकोे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।





























