‘दोश्रो खप्तड भलिबल कप-२०२४’ को फाइनलमा उत्पन्न भएको विवाद के हो ? आयोजक र बाग्लुङ समाजको विज्ञप्ति हेर्नुहोस् ..

Advertisement

शुभराज भोम्जन 

दक्षिण कोरिया । सुदूरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गरिएको दोश्रो खप्तड भलिबल कप २०२४ को फाइनल खेलमा विवाद सिर्जना भएको छ । उपाधिको लागि भिड्दै गरेको बाग्लुङ समाज र थेसो परिवारको खेलमा विवाद सिर्जना भएको थियो ।

नेपाल भलिबल संघ दक्षिण कोरियाको मातहतमा जुलाई १४ तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको भलिबल कोर्टमा सुदूर पश्चिम समाज दक्षिण कोरियाद्वारा आयोजित “दोस्रो खप्तड कप २०२४” भएको भलिबल फाइनल खेलमा विवाद उत्पन्न हुँदा हुदै पनि विवाद समाधान नगरी विपक्षी टिमलाई विजेता घोषणा गरेकोमा बाग्लुङ समाजले एक प्रेस विज्ञप्ति निकाली आपत्ति जनाएको छ। बाग्लुङ समाजले जारी गरिएको विज्ञप्तिको काउण्टरमा आयोजक संस्थाले विवादको वास्तविकता सम्बन्धी केही कारणहरू खुलाएर थेसो परिवारलाई विजयी घोषणा गर्नु स्वभाविक रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी भलिबल संघ दक्षिण कोरियाले पनि एक विज्ञप्ति जारी गर्दै सबै प्राप्त अङ्कको आधारमा थेसो परिवारले लिड गरिरहेको अवस्थामा खेल रद्द हुँदा थेसो परिवारलाई नै विजयी घोषणा गर्ने सहमतिको आधारमानै विजयी घोषणा गरिएको जनाएको छ । बाग्लुङ समाजले भने प्रथम पटक विवाद हुँदा थेसो परिवारलाई मनग्य समय दिएको तर दोश्रो पटकको विवादमा थोरै समय आफूहरूले माग्दा समेत आयोजकले समय उपलब्ध नगराएको आरोप लगाएका छन् ।

विवादकै बिचमा विजेता घोषणा गरेकोले उप विजेता भए वापत प्राप्त गर्ने कुनैपनि पुरस्कारहरू नस्विकार्ने बाग्लुङ समाजले जनाएको छ । तर आयोजकले भने बाग्लुङ समाजलाई खेल खेल्नको लागि हदै सम्म आग्रह गर्दा पनि सहमतिमा आउन नमानेकोले प्राप्त अङ्कको आधारमा थेसो परिवारलाई विजेता घोषणा गरेको स्पष्ट पारेका छन् । दोश्रो खप्तड कप जिते संगै थेसो परिवारले बाग्लुङलाई पुनः एकपटक फाइनलमा हराएको छ । केही समय अघि सम्पन्न भएको एनसीसी रनिङ भलिबल कपमा पनि थेसोले बाग्लुङलाई उपाधि उचाल्नबाट बञ्चित गराएको थियो । बाग्लुङ समाजले भलिबलमा निरन्तर रुपमा थुप्रै प्रतियोगिताहरू विजयी हासिल गर्दै आइरहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"