हेटौंडा / बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आज सोमबारबाट सुरु भएको छ । स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका स्वास्थय मन्त्री किरण थापा मगरको सभा अध्यक्षता र मुख्य मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बहादुर सिंह लामाले प्रदेशका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावकारी बनाउने बताए । मुख्य मन्त्र लामाले नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने काम भनेको कर्मचारीले गर्नुपर्ने बताउदै मुलुकमा उद्योगधन्दा नखुल्ने अनी रोजगारीका अवसर भएन भनेर भन्नुको कुनै अर्थ नहुने बताए ।

यसै गरीस्वास्थ्य मन्त्री किरण थापा मगरले यो समिक्षा गोष्ठी संगै गतवर्षको कमिकमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने बताए । संघीयताको कार्यान्वयन भनेको स्वास्थ्य र शिक्षा प्रभावकारी बनाउनुपर्छ भन्ने उदेस्यका साथ काम गरिएको बताए । बागमती प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, अस्पतालहरुका प्रमुख तथा प्रतिनिधिहरु सहित सुरु भएको गोष्ठी ३ दिन सम्म सञ्चालन हुने छ ।





























