उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता , ३ जना निर्विरोध निर्वाचित

Advertisement

काठमाडौँ / मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।बुधबार राति आयोगले निकालेको विज्ञप्ति अनुसार ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै आयोगका अनुसार जिल्ला समन्वय समति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदमा विभिन्न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४१० जनाले उम्मेदवारी दिएका थिए । यसका साथै निर्वाचन हुने तीन स्थानमा ३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । यसैगरी स्थानीय तह उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वी.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"