मैले मेरो गीत अरू कसैले गाउनै पाउँदैन भनेको होइन : गायक लोप्चन

Advertisement

हेटौंडा। केही दिनअघि एक सार्वजनिक कार्यक्रममा गायक तथा संगीतकार आस्मान लोप्चनको शब्द, संगीत, र स्वरमा रहेको “मक्कै त भुट्यो फुल उठ्यो, बल्ल पो तामाङको हुल उठ्यो” बोलको गीत एक व्यक्तिले गाएको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएको थियो।

Ashman Lopchan 

उक्त भिडियोका आधारमा गायक लोप्चनले आफ्नो गीतलाई विभिन्न भोकल रिमुभर एपहरूको प्रयोग गरेर जबरजस्ती ट्र्याक बनाएर, गीतको मौलिक भाव भङ्गीलाई समेत तोडमोड गर्दै गाइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका थिए। गायक लोप्चनले यो विषयलाई तामाङ कलाकार संघसमक्ष ध्यानाकर्षण गराएपछि, संघले प्रतिलिपि अधिकारको विषयलाई लिएर विज्ञप्ति समेत जारी गरेको थियो। उक्त विज्ञप्ति सार्वजनिक भएपछि पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया देखिएको छ।

लाबा मिडियाले गायक लोप्चनसँग यस विषयमा कुराकानी गर्दा उनले आफ्नो गीत अरू कसैले गाउनै नपाउने भनेको नभई, युट्युबबाट डाउनलोड गरी गलत तरिकाले विभिन्न भोकल रिमुभर एपहरूको प्रयोग गरेर जबरजस्ती ट्र्याक निर्माण गरी गीतको मूल मर्मलाई तोडमोड गरिएकोप्रति आपत्ति जनाएका बताएका छन्। गायक लोप्चनका अनुसार, उनले असहमति जनाएपछि सम्बन्धित व्यक्तिले उनीसँग सम्पर्क गरी गल्ती महसुस गर्दै माफी मागेका कारण उक्त विषयलाई टुंग्याइएको छ। यस विषयले राम्रो बहसको स्थान पाएको उल्लेख गर्दै उनले प्रतिक्रिया जनाउने सबैलाई धन्यवाद दिँदै यसलाई थप विवादमा नलैजान अनुरोध गरेका छन्। गायक लोप्चनको उक्त गीत सात वर्षअघि क्लिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।

 

नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ के भन्छ ?

नेपालमा गीत, संगीत, साहित्य, कला, चलचित्र, फोटोग्राफी तथा अन्य सिर्जनात्मक कार्यहरू प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गत सुरक्षित गरिन्छ। यस ऐनले सिर्जनाकर्ताको अधिकार रक्षा गर्न विभिन्न प्रावधानहरू व्यवस्था गरेको छ।

१. सिर्जनात्मक कृतिमा अधिकार

कुनै पनि व्यक्ति वा संस्थाले सिर्जना गरेको गीत, संगीत, लेख, चित्र, चलचित्र, वा अन्य कलात्मक कृति स्वतः नै उसको प्रतिलिपि अधिकार अन्तर्गत रहन्छ। संगीत तथा साहित्यका सन्दर्भमा यो अधिकार सिर्जना भएको मितिदेखि कम्तीमा ५० वर्षसम्म मान्य हुन्छ।

२. अनधिकृत प्रयोग निषेध

कुनै पनि गीत, संगीत, वा कलाकृति यसको स्रष्टा वा अधिकारधारीको अनुमति बिना सार्वजनिक रूपमा प्रयोग, बिक्री, वितरण, वा पुनः उत्पादन गर्न पाइँदैन। अनधिकृत रूपमा प्रतिलिपि गरेमा कानुनी कारबाहीको भागीदार हुनुपर्छ।

३. व्यावसायिक र वित्तीय अधिकार

गीत तथा संगीतका सिर्जनाकर्ताले आफ्नो कृति अरूलाई प्रयोग गर्न अनुमति दिन सक्छन्। रोयल्टी प्राप्त गर्ने अधिकार सिर्जनाकर्तासँग सुरक्षित हुन्छ।

४. उल्लङ्घनको सजाय

प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई जरिवाना, क्षतिपूर्ति, वा कैद हुन सक्छ। कसैले बिना अनुमति कुनै गीत वा संगीत पुनः उत्पादन वा व्यावसायिक रूपमा उपयोग गरेमा कानुनी कारबाही हुन सक्छ।

५. सार्वजनिक क्षेत्र

कुनै पनि सिर्जनात्मक कृतिको प्रतिलिपि अधिकार म्याद सकिएपछि त्यो सार्वजनिक क्षेत्रमा जान्छ, जसलाई कुनै पनि व्यक्तिले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्छ।

निष्कर्ष

नेपालको कानुन अनुसार गीत संगीत प्रतिलिपि अधिकारले सिर्जनाकर्तालाई पूर्ण संरक्षण दिन्छ। कुनै पनि गीत, संगीत वा सिर्जनात्मक कार्य अरूले बिना अनुमति प्रयोग गर्न पाउँदैनन्, नत्र कानुनी कारबाही हुन सक्छ।

ओर्जिनल गीत यहाँ छ :

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"