“कोरियन लाहुरे” सार्वजनिक – मेलिना राई र आस्मान लोप्चनको स्वरमा नयाँ गीत

Advertisement

हेटौंडा/  नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थपिएको छ । चर्चित गायिका मेलिना राई र गायक आस्मान लोप्चनको स्वरमा रहेको नयाँ गीत “कोरियन लाहुरे” सार्वजनिक गरिएको छ ।

गीतलाई क्लिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गणेश तामाङ योञ्जनद्वारा लेखिएको गीतमा विशाल काल्तानले संगीत भरेका छन् । गीतको म्युजिक भिडियोलाई युद्ध लामाले निर्देशन गरेका हुन् । रोमान्टिक र हल्का हाँस्य शैलीको भिडियोलाई दर्शकहरूले सकारात्मक रूपमा लिएका छन् । भिडियोलमा गायक आस्मान लोप्चन र मोडल सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ। सञ्जना गुरुङकै कोरियोग्राफी रहेको भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् भने अनिल बिष्ट प्यूठानीले सम्पादन गरेका हुन् । गीतले कोरियन शैलीको प्रेमभाव र नेपाली मौलिकता मिसाएर नयाँ स्वाद दिन खोजेको छ। विदेशमा रोजगारीका लागि गएका युवाहरूको कथालाई प्रेमसँग जोड्दै तयार पारिएको भिडियोले युवा पुस्ताको कथा बोल्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ । सामाजिक सञ्जालमा पनि भिडियोले सकारात्मक प्रतिक्रिया पाउन थालेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"