स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई

Advertisement

मकवानपुर/  गत वर्ष सिस्नेरीमा पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको स्मृतिमा आयोजित साइमन योञ्जन कप फुटसल प्रतियोगिताको उपाधि जापान थर्ड आईले जितेको छ ।

आईतबार सम्पन्न फाइनल खेलमा जापान थर्ड आईले फुटसल फ्याम्स चितवनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयमा दुबै टिम १–१ गोलको बराबरीमा रोकिएका थिए, जसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । उपाधिसँगै जापान थर्ड आईले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गरेको फुटसल फ्याम्स चितवनले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । असोज ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा र खेलकुद विकास समितिको आयोजनामा मकवानपुरगढी–३ स्थित मिनी फुटसल मैदानमा सम्पन्न भएको हो । समापन समारोहमा वडा नं। २ का अध्यक्ष बखानसिं पाख्रिन प्रमुख अतिथि रहेका थिए भने खेलकुद विकास समिति अध्यक्ष हिराबाबु स्याङ्तानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रतियोगिता विक्रम योञ्जनको संयोजकत्वमा सञ्चालन गरिएको हो । स्व खेलाडीसाइमन योञ्जनको योगदानलाई सम्झना गर्दै युवामा खेलप्रतिको रुचि बढाउने, स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने र समुदायमा खेलकुदमार्फत एकता र सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"