हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

Advertisement

हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ ।

सोमबार आज आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फुयाल, हेटौंडा इन्फिल्डरस मकवानपुरका मकवानपुरका अध्यक्ष राजक साही, ओम अटोमोबाइल्स हेटौंडाका प्रोफाइटर दिलीश गोविन्द जोशी र प्रबन्ध निर्देशक दिविश जोशी तथा लगायतको उपस्थितिमा मोटरसाइकल सार्वजनिक गरिएको हो । कम्पनीले दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीको यात्रालाई लक्षित गर्दै यो मोटरसाइकल नेपाली बजारमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार गुरिल्ला ४५० तीन प्रकारमा उपलब्ध हुनेछ । मोटरसाइकलमा ४५२ घन सेन्टिमिटर क्षमताको एक सिलिन्डरयुक्त तरल शीतलन प्रणाली भएको इन्जिन प्रयोग गरिएको छ । यसले ८ हजार आरपीएममा ४० पीएस शक्ति तथा ५ हजार ५ सय आरपीएममा ४० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । मोटरसाइकलमा ६ गियर, सहायक तथा स्लिप क्लच, विद्युतीय नियन्त्रण प्रणाली, दुई प्रकारका सवारी सञ्चालन अवस्था, एलईडी बत्ती, डिजिटल सूचना प्रदर्शन प्रणाली तथा मोबाइल जडान सुविधा समावेश गरिएको छ ।

यसमा अगाडिको टेलिस्कोपिक सस्पेन्सन, पछाडिको मोनो–शक सस्पेन्सन तथा १७ इन्चका ट्युबलेस टायर प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोटरसाइकलको अग्रिम बुकिङ खुला भइसकेको छ भने वितरणसमेत सुरु गरिएको छ । हेटौंडासहित देशभर रहेका रोयल इन्फिल्डका बिक्री केन्द्रमार्फत मोटरसाइकल उपलब्ध हुने बताइएको छ । गुरिल्ला ४५० को शोरुम मूल्य ८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"