सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको आय व्यय सार्वजनिक, एक करोड ६२ लाख कोरियन वन मुनाफा, दिर्घकालिन शैक्षिक कल्याणकारी कोषमा नेपाली एक करोड पुर्याउने लक्ष्य

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा गत फेब्रुअरी ९ तारिकमा गरिएको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२४ को आय व्यय सार्वजनिक तथा समिक्षा बैठक आइताबार सम्पन्न भएको छ ।

घेदुङले आफ्नो मौलिक साँस्कृतिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा आयोजना गरिएको उक्त साँस्कृतिक कार्यक्रमबाट एक करोड ६२ लाख ४१ हजार ९ सय ९३ कोरियन वन मुनाफा भएको कोषाध्यक्ष पासाङ बोम्जनले प्रस्तुत गरिएको आर्थिक प्रतिवदनमा उल्लेख गरिएको छ । घेदुङ दक्षिण कोरियाले आपतकालिन् राहत कोष स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमबाट मुनाफा भएको रकमबाट ५० लाख कोरियन वन आपतकालिन राहतकोषमा जम्मा गर्ने निर्णय भएको जनाएको छ ।

त्यसैगरी गत वर्षको ल्होछार कार्यक्रमबाट मुनाफा भएको एक करोड वन भन्दा बढी रकमको स्थापना गरिएको दिर्घकालिन शैक्षिक कल्याणकारी कोषमा ११ लाख कोरियन वन जम्मा गर्ने समेत निर्णय भएको अध्यक्ष राजकुमार स्याङतानले बताए । यस वर्षको ल्होछार कार्यक्रममा जम्मा आर्थिक कारोबार ४ करोड ४४ लाख ५६ हजार १ सय ७३ कोरियन वन भएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि २ करोड ८२ लाख १४ हजार ५ सय ८० कोरियन वन खर्च भएको छ । सौलको एच डब्लु कन्भेसन हलमा सम्पन्न भएको उक्त बृहत साँस्कृतिक कार्यक्रममा ७ सय भन्दा धेरैको संख्यामा दर्शकको सहभागिता रहेको डाटा प्रस्तुत भएको छ ।

उक्त साँस्कृतिक कार्यक्रममा नेपाल देखि आएका ख्यातिप्राप्त गायक तथा संगीतकार उर्गेन दोङले सांगीतिक प्रस्तुती प्रस्तुत गरिनुका साथै थुप्रै स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती दिएको थियो । आइताबार सौलको दोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा भएको कार्यक्रममा ल्होछार साँस्कृतिक कार्यक्रमको विषयमा समिक्षा गर्नुका साथै ल्होछार कार्यक्रममा प्रस्तुती दिने कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाका अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य र सल्लाहकारहरुको सहभागिता रहेको थियो ।

दिर्घकालिन शैक्षिक कल्याणकारी कोषमा नेपाली एक करोड पुर्याउने लक्ष्य

घेदुङ दक्षिण कोरियाले आफ्नो मातहतमा रहनेगरी स्थापना गरेको दिर्घकालिन शैक्षिक कल्याणकारी कोषमा अबको ५ वर्षको समय सम्ममा नेपाली एक करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको संस्थाका महासचिव दावा फिञ्जो योञ्जनले बताए । उक्त कोषमा घेदुङले गर्ने हरेक कार्यक्रमहरुबाट मुनाफा भएको रकमबाट केही प्रतिशत रकम जम्मा गर्ने प्रावधान रहेको छ । कोषलाई थप मजबुद बनाउनको निम्ती बृहत योजनाहरु तयार पारेर अघि बढ्ने महासचिव योञ्जनले जनाएको छ । हाल सम्म उक्त कोषमा नेपाली १२ लाख रुपैँया जस्तो रकम रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"