सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिका आश्रित,अनुभवि थेरापीष्टको अभाव

Advertisement

अञ्जना तामाङ
हेटौंडा / सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिकाले आश्रय लिदै आइरहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर – ४ मा अवस्थित सेन्टर फर अटिजम मकवानपुरमा २ बर्ष देखि १० बर्ष सम्मका बालबालिकाहरु आश्रित रहेका छन् ।  बि सं २०७८ साल भदौ २४ मा अटिजम भएका बालबालिकाको तिन जना आमाले सञ्चालनमा ल्याएको यस सेन्टरले अटिजम भएका बालबालिकाहरुलाई बिषेश शिक्षा प्रदान गर्दै आइरहेका छन् ।

सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने र एउटै कुरा दोहोर्याउने यस्ता समस्या भएका बालबालिकाको सो सेन्टरमा रहेका छन् । यस्ता अटिजम भएका बालबालिकाहरुलाई विगत २ बर्ष देखि स्कुलिङ्ग गर्दै आईरको उनले बताईन् । बालबालिकाले दैनिक जिवनमा कसरी आफ्नो दैनिकी गर्ने र सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्ने गरेकोे सञ्चालिका पौडेलले बताईन् । बालबालिकाका प्रथम गुरु नै अभिभावक रहेकोले अटिजम भएका बालबालिकाका अभिभावकले नै विहेवियर थेरापीको तालिम लिनु आवश्यक रहेको र सो संस्थाले तालिम पनि प्रदान गर्दै आएको उनले बताईन् ।

 यस सेन्टरमा अटिजम भएका बालबालिकाहरुलाई समावेशि शिक्षामा ल्याउन निकै समस्या रहेको सञ्चालिका पौडेल बताउछिन् । अटिजम भएका बालबालिकाहरुको उपचारको लागि विहेवियर थेरापीको आवश्यक पर्ने हुनाले सो सेन्टरमा अनुभवि थेरापिष्टको अभाव रहेको उनि बताउछिन् । सरकारले अटिजम भएका बालबालिबाहरुको थेरापीको लागि थेरापीष्टको व्यवस्था गरिदिने हो भने बालबालिकाले कष्टकर जिवन जिउन पर्दैन थियो । मकवानपुरमा अटिजम भएका बालबालिकाको उपचारको लागि अन्त भौतार्न नपर्ने सञ्चालिका पौडेलले बताईन् ।

यसै गरीे सो सेन्टरमा आश्रय लिदै आएका बालबालिकाको अभिभावक बताउछन् बच्चालाई अटिजम भएकै कारण समाज र घर परिवारबाट अपहेलना सहनु परेको छ । सेन्टर फर अटिजम मकवानपुरले केहि नँया आशा भने पलाउने वातवरण सिर्जना गरेको छ । पहिलाको अवस्था हेरी बच्चामा निकै परिवर्तण आएको बताएका छन् ।

चिकित्सकका अनुसार अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो । बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ । बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुन सक्ने चिकित्सकको भनाई छ । अटिजम स्नायु तथा नसाको विकासमा आउने ¥हासले उत्पन्न हुने समस्या हो । यो जन्मजात नसा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रूप हो । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ । अटिजम रोग नभएर मस्तिष्कको विशेष अवस्था रहेको चिकित्सकको भनाई छ

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"