चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका चितवन बासीहरुको साँझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले अति बिपन्न तथा असहाय विद्यार्थीहरुलाई प्रदान गर्दै आएको छात्रवृत्ति अभियान अन्तर्गत ४२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

समितिले २०७१ सालमा चितवन असहाय वालबालिका सहयोग अभियान सञ्चालनगरी दश जना विद्यार्थीहरुबाट सुरु गरेको उक्त अभियान बृद्धि भई हाल ४२ जना विद्यार्थीहरु समक्ष पुगेको हो । दक्षिण कोरियाबाट फर्किएका चितवन वासीहरुको साँझा संस्था चितवन कोरिया पुनर्मीलन समाजले उक्त अभियानको संयोजन गर्दै आइरहेको छ ।

चितवन कोरिया पुनर्मिलन समाजले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियानले चितवनका ७ वटै स्थानिय तहमा प्रतिनिधि मुलक रुपमा सहयोग अभियान संचालन गर्दै आएको छ। गएको बिहिबार र सुक्रबारका दिन उक्त अभियान अन्तर्गत ७ वटै स्थानिय तहको २१ वटा विद्याहरुमा प्रतिनिधीमुलक ढंगले २÷२ जना अति विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । चितवन सम्पर्क समितिले चितवन कोरिया पुनर्मिलन समाजको संयोजनमा सञ्चालन गरेको उक्त अभियान अन्तर्गत एक पटक छनौंटमा परेको विद्यार्थीले एसईई सम्मको लागि निरन्तर छात्रवृत्ति पाउने व्यवस्था रहेको छ ।

छात्रवृत्ति पाउने विद्यार्थीहलाई जनही पाँच हजार नगद र स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको थियो । छात्रबृत्ति वितरण कार्यक्रममा चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतान स्वयमको उपस्थिती रहनुका साथै चितवन कोरिया पुनर्मिलन समाजका अध्यक्ष, सहयोग अभियानका संयोजक, अभिभावक, शिक्षक लगायतका थुप्रै सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"