मनोरञ्जन

दक्षिण कोरियामा फरक/फरक मितिमा बिभिन्न स्थानमा यलेदेङ ५०८४ उभौली साकेला मनाउदै

दक्षिण कोरियामा फरक/फरक मितिमा बिभिन्न स्थानमा यलेदेङ ५०८४ उभौली साकेला मनाउदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । किरातीहरुको पर्व यलेदेङ ५०८४ उभौली चाड साकेला दक्षिण कोरियामा फरक/फरक मितिमा बिभिन्न स्थानमा मनाउने भएको छ । किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रिय कार्यसमितिको आयोजनामा जुन १६ को दिन सुवनको खुल्ला चौरमा यलेदेङ ५०८४ उभौली चाड साकेला मनाउने भएको छ । त्यसैगरी बिभिन्न क्षेत्रीय कार्यसमितिहरुको आयोजनामा गजेदोमा मे २६, जेजुदोमा जुन २, बुसानमा जुन ९ र इक्सानमा जुन ९ तारिखको दिन मनाउने भएको छ । विगतको वर्षहरुमाझै यसवर्ष पनि विविध कार्यक्रमको आयोजना गर्दै उभौली चाड साकेला मनाउन लागिएको हो । कार्यक्रममा नेपालदेखि कलाकार नल्याएता पनि स्थानिय कलाकार र किरातीहरुको साँस्कृतिक पक्षहरुलाई प्रस्तुत गर्दै भव्यताका साथ मनाउने तयारी रहेको किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष पुरन याम्फु राईले बताएका छन् । कार्यक्रममा किरात राईहरुको मौलिक सिली नाचको साथमा मौलिक परिकारहरुको पनि स्वाद...
आस्मान लोप्चनको स्वरमा सजिएको ‘ओए मेरी मुन्नी’ बोलको गीत सार्वजनिक, गायक लोप्चनले आफ्नो जनरालाई फराकिलो पार्दै

आस्मान लोप्चनको स्वरमा सजिएको ‘ओए मेरी मुन्नी’ बोलको गीत सार्वजनिक, गायक लोप्चनले आफ्नो जनरालाई फराकिलो पार्दै

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन काठमाण्डौं । विगत लामो समयदेखि नेपाली खान्दोके सेलो गीत संगीतमा निरन्तर रुपमा लागिरहेका गायक तथा लय संकलक आस्मान लोप्चनको स्वरमा सजिएको 'ओए मेरी मुन्नी' बोलको गीत सार्वजनिक भएको छ । विशेषगरी मौलिक खान्दोके सेलो गीत गाउन रुचाउने लोप्चनले पछिल्लो समयमा आफ्नो जनरालाई फराकिलो पार्दै लगिरहेको छ । त्यसैको फलस्वरुप 'ओए मेरी मुन्नी' बोलको नेपाली डान्सीङ गीतको भिडीयो सहित बजारमा ल्याएको छ । गायक लोप्चन गाउनको लागि मात्रै नभइ शब्द रचना र संगीत भर्नमा समेत अब्बल रहेका छन् । लोप्चनको स्वरमा तयार भएको खान्दोके सेलो गीहरु बजारमा निक्कै चर्चा कमाइसकेका छन् । गायक लोप्चनले खान्दोके सेलोबाट आफुलाई बिस्तारै मुलधारको नेपाली गीत संगीत तर्फ पनि डोर्याइरहेका छन् जसको उदाहरण स्वरुप 'सो माया सो सित', 'एस्सै रमाइलो', 'ओए मेरी मुन्नी' लगायतका गीतहरुलाई हेर्न सकिन्छ । गायक लोप्चनले आफ्नै युट्युब च्यान...
लोटस् लालटेन फेस्टिभलको तयारी पुरा, सहभागिताको लागि अपिल

लोटस् लालटेन फेस्टिभलको तयारी पुरा, सहभागिताको लागि अपिल

Breaking News 2, प्रवास, मनोरञ्जन, मुख्य समाचार, लुम्बिनी प्रदेश, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । भगवान गौतम बुद्धको जन्मजयन्तीको अवसरमा दक्षिण कोरियामा विगत १२ सय वर्ष अघिदेखि आयोजना हुदै आएको लोटस लालटेन फेस्टिभलको नेपालको तर्फबाट सहभागि हुनको लागि तयारी पुरा भएको छ । उक्त फेस्टिभलको पहिलो दिन भोली सनिबार दोङगुक विश्वविद्यालयको प्राङगणबाट दिउँसो ४ बजेदेखि रथ यात्रा सुरु हुदै छ । फेस्टिभलको दोश्रो दिन पर्सी आइताबार जोगेसाको अगाडीको सडकमा साँस्कृतिक प्रदर्शनी समेत हुदै छ । नेपालको तर्फबाट नेपाल बौद्ध परिवार दक्षिण कोरियाले विगत देखिनै उक्त उत्सबमा सहभागिता जनाउदै आइरहेको छ । यस वर्ष भने नेपाल बौद्ध परिवारको आयोजनामा नेपाली राजदूतावास र दक्षिण कोरियामा कृयाशिल बिभिन्न जातिय तथा समाजिक संघ संस्थाहरुको पनि स्वामितव रहनेगरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने शन्देश प्रवाह गर्ने मुख्य उद्धेश्य सहित सहभागिता जनाउन लागिएको हो । उक्त उत्सबमा नेपाल सहित अन्य ...
‘पुजार सार्की’ किम्हे-शो मे २६ मा हुदै

‘पुजार सार्की’ किम्हे-शो मे २६ मा हुदै

Breaking news 3, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । सामाजिक कथा बस्तुमा बनेको नेपाली कथानक चलचित्र पुजार सार्कीको किम्हे बुशान शो मे २६ तारिखमा हुने भएको छ । नेपालका तिन स्टार कलाकारहरु आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहद्धारा अभिनय गरेको उक्त चलचित्रको किम्हे-शो सल्याणी समाज दक्षिण कोरिया र कालिकोट समाज दक्षिण कोरियाको सयुक्त आयोजनामा हुन लागेको हो । कर्णाली प्रदेश समाज दक्षिण कोेरियाको सहजिकरणमा आपतकालिन् राहत कोष निर्माण सहयोगार्थ चलचित्रको प्रदर्शन गर्न लागिएको हो । किम्हे स्थित काया विश्वविद्यालयको हलमा प्रदर्शन गर्न लागिएको उक्त चलचित्र हेर्न आइदिनको लागि आयोजकहरुको तर्फबाट विशेष आग्रह समेत गरेका छन् । बिकास सुबेदीको लेखन र निदेश राउतको निर्देशनमा तयार भएको उक्त चलचित्र जेठ १० गते बुद्ध जयन्तिको दिन देखि नेपाल तथा विदेशमा एक्कैसाथ प्रदर्शनीको तयारीमा रहेको छ । पुजार सार्कीको दक्षिण कोरियाभर प्रदर्शनीको अधिकार भने सु...
मे २६ तारिखमा नेपाली सम्पर्क समितिले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सबैलाई मिलेर जानको लागि आग्रह

मे २६ तारिखमा नेपाली सम्पर्क समितिले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सबैलाई मिलेर जानको लागि आग्रह

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले मे २६ तारिखमा छुसकको लागि साँस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने भएको छ । सन् १९९३ मा स्थापना भएर कोरियाली नेपाली समाजको अग्रणी संस्थाको रुपमा कृयाशिल रहेदै आएको नेपाली सम्पर्क समितिले कोरियन दुई ठुला पर्वहरु छुसक र सलनालको लागि साँस्कृतिक कार्यक्रमको बाँडफाँड गर्दै आइरहेको छ । त्यसैको निरन्तरता स्वरुप मे २६ तारिखको दिन सुवनमा एक कार्यक्रमको आयोजना गर्दै आउदै गरेको कोरियन पर्व छुसकको लागि कार्यक्रम बाँडफाँड गर्न लागिएको हो । नेपाली सम्पर्क समिति र दक्षिण कोरियामा कृयाशिल बिभिन्न प्रादेशिक संस्थाहरुको सामुहिक छलफल र आपसी सहमतिको आधारमा संस्थाहरुले आयोजना गर्ने साँस्कृतिक कार्यक्रम र नेपाली समाजलाई एकताको सुत्रधारमा लैजानु पर्ने निश्कर्ष सहित नेपाली सम्पर्क समितिले गर्दै आएको साँस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने पद्धतिलाई...
‘पुजार सार्की’ सौल-शोको पोस्टर सार्वजनिक

‘पुजार सार्की’ सौल-शोको पोस्टर सार्वजनिक

Breaking news 3, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको सौल शोको पोस्टर सार्वजनिक भएको छ । सौल शोको पोस्टर आइतबार दोङदेमुनमा एक कार्यक्रमको बिचमा सार्वजनिक गरिएको हो । नेपालका तिन स्टार कलाकारहरु आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहको मुख्य अभिनयमा बनेको चलचित्र पुजार सार्कीको दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार सुर्खेत समाजले लिएको छ । सुर्खेत समाज दक्षिण कोरियाकै आयोजनामा आपतकालिन् राहत कोष सहयोगार्थ सौलको जोगेसा हलमा मे २६ मा उक्त चलचित्रको दुई शो प्रदर्शन गर्ने भएको छ । पुजार सार्कीको शो लिएर प्रदर्शन गर्न चाहनेहरुलाई सम्पर्क गर्नको लागि अनुरोध समेत गरिएको छ । सामाजिक कथा बस्तुमा बनेको उक्त चलचित्रले देश तथा विदेशमा राम्रो ब्यापार गर्ने निर्माण पक्षले दाबि गरिरहेका छन् । किङडम नेटवर्कको ब्यानरमा बनेको उक्त चलचित्रको निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् भने चलचित्रमा आर...
दक्षिण कोरियामा ‘मनसरा’ प्रदर्शन, दर्शक भन्छन् ‘मज्जा आयो’

दक्षिण कोरियामा ‘मनसरा’ प्रदर्शन, दर्शक भन्छन् ‘मज्जा आयो’

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र 'मनसरा' दक्षिण कोरियामा एक्कैसाथ तिन स्थानमा प्रदर्शन भएको छ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा सिरिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ चलचित्रको प्रदर्शन गरिएको हो । दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले पाएको मनसराको आइतबार सौल, किम्हे र जिन्जुमा एक्कैसाथ प्रदर्शन गरिएको हो । आइतबार मौसम खराबीका कारण पानी परेता पनि सौल लगायतका सबै शोहरु हाउसफुल भएको छ । चलचित्रको विषयमा दर्शकको प्रतिकृया लिदा चलचित्र उत्कृष्ट कथाबस्तुमा बनेको र हेर्दा मज्जा आएको प्रतिकृया दिएका छन् । दयाहाङ राई, मिरुना मगर, प्रबिन खतिवडा, मेनुका प्रधान लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको उक्त चलचित्रलाई शैलेन्द्र खनालले छायाँकन गरेका छन् । दक्षिण कोरियमा मनसरा जेजु, सुवन...
अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ को दक्षिण कोरियामा बुकिङ खुल्ला

अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ को दक्षिण कोरियामा बुकिङ खुल्ला

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । मेगा स्टार अनमोल केसी अभिनित नेपाली कथानक चलचित्र 'फर्की फर्की' को दक्षिण कोरियामा प्रदर्शनीको लागि बुकिङ खुल्ला गरिएको छ । चलचित्रको कोरिया राइटस् नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले पाएको छ । रोहित अधिकारी फिल्मस्को ब्यानरमा सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको उक्त चलचित्रमा मेगा स्टार अनमोत केसी, जसिता गुरुङ,रबि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् । बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गते देखि देश तथा विदेशमा एक्कैसाथ प्रदर्शनीको तयारीमा रहेको उक्त चलचित्रलाई काफिया फिल्मस् र कुबेर फिल्मस्ले सामुहिक रुपमा वितरण गर्ने भएको छ । दक्षिण कोरियाको लागि नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले राइटस् पाए संगै दक्षिण कोरियामा चलचित्र प्रदर्शन गर्न चहाने व्यक्ति, समुह तथा संस्थाहरुको लागि ब...
पुजार सार्कीको सौल-शो मे २६ मा हुदै, अन्य शहरहरुको लागि बुकिङ खुल्ला

पुजार सार्कीको सौल-शो मे २६ मा हुदै, अन्य शहरहरुको लागि बुकिङ खुल्ला

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको सौल शो मे २६ तारिखमा हुने भएको छ । सुर्खेत समाज दक्षिण कोरियाको आयोजनामा सौलको जोगेसा हलमा सौल शो हुने भएको हो । सौलमा उक्त चलचित्र दुई शो गरिने जनाएको छ । यहि मे २३ तारिख देखि देश तथा विदेशमा एक्कैसाथ प्रदर्शनीमा आउने तयारीमा रहेको उक्त चलचित्रको दक्षिण कोरिया राइट्स सुर्खेत समाज दक्षिण कोरियाले लिएको छ । चलचित्र खरिद गरेर प्रदर्शन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि बुकीङ समेत खुल्ला गरिएको समाजका अध्यक्ष पुस्कर बुढाथोकीले बताएका छन् । सामाजिक कथाबस्तुमा आधारित रहेर तयार भएको उक्त चलचित्रको अन्तराष्ट्रिय राइट्स एमएसएम इन्टरटेनमेण्टले लिएको छ । किङडम नेटवर्कको ब्यानरमा बनेको उक्त चलचित्रको निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् भने चलचित्रमा आर्यन सिक्देल, पल शाह, प्रदिप खड्का, अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निर...
आउदो छुसकको लागि आदिवासी जनजाती महासंघद्धारा कार्यक्रम बाँडफाँड, शेर्पा संघले पायो कार्यक्रम गर्ने अधिकार

आउदो छुसकको लागि आदिवासी जनजाती महासंघद्धारा कार्यक्रम बाँडफाँड, शेर्पा संघले पायो कार्यक्रम गर्ने अधिकार

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । कोरियन पर्व छुसकको लागि नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले कार्यक्रम बाँडफाँड गरेको छ । महासंघ दक्षिण कोरियाले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत यस वर्षको छुसकमा कार्यक्रम गर्ने अधिकार शेर्पा संघ दक्षिण कोरियाले पाएको छ । आइताबार सौलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा भएको कार्यक्रम बाँडफाँड कार्यक्रमले शेर्पा संघलाइ कार्यक्रम गर्ने अधिकार दिएको हो । शेर्पा संघ दक्षिण कोरियाले प्राप्त गरेको अनुमती अनुसार सेप्टेम्बर १६ तारिखमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने छ । छुसकमा कार्यक्रम गर्नको लागि नेपाल मगर संघ दक्षिण कोरियाले अनुमती मागेता पनि मगर संघ सहित सबैको सर्वपक्षिय सहमतिमा यस पटकलाई शेर्पा संघलाई कार्यक्रम गर्ने अधिकार दिएको हो । कार्यक्रम बाँडफाँड आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राइको अध्यक्षतामा सम्पन्न ह...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"