अन्तर्राष्ट्रिय

अमेरिका र बेलायतद्वारा हुथी समूहविरुद्ध यमनमा आक्रमण शुरु

अमेरिका र बेलायतद्वारा हुथी समूहविरुद्ध यमनमा आक्रमण शुरु

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाण्डौं / संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् । नयाँ हवाई आक्रमणले हुथी समूहको भूमिगत भण्डारण, मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग जोडिएका जहाजहरूलाई निशाना बनाएपछि अमेरिका र बेलायतले स्वतन्त्र व्यापार वाणिज्यलाई जोगाउन प्रयास गरिरहेका खबरमा उल्लेख छ । यमनमा हुथी विरुद्ध अमेरिकाले गरेको यो आठौँ आक्रमण हो । गएको जनवरी ११ मा पनि अमेरिका र बेलायतले हुथी समूहमाथि संयुक्त आक्रमण गरेका थिए ।...
१९ वर्षमुनिको विश्व कप क्रिकेटमा बङ्गलादेशले आयरल्यान्डलाई ६ विकेटले हरायो

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा बङ्गलादेशले आयरल्यान्डलाई ६ विकेटले हरायो

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाण्डौ / आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा बङ्गलादेशले आयरल्यान्डलाई ६ विकेटले हराएको छ । दोस्रो खेलमा बङ्गलादेशको यो पहिलो जित हो । पहिलो खेलमा बङ्गलादेश भारतसँग पराजित भएको थियो । २ सय ३६ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले ४६ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । बङ्गलादेशका मोहम्मद शिहाव जेम्सले नकआउट अर्धशतक पूरा गरे । ६३ बल खेलेका उनले ३ चौका र १ छक्काकासाथ ५५ रन बनाएका थिए । अरर अमिमले नटआउट ४५, ओपनर असिकुर रहमान शिब्लीले ४४ अर्का ओपनर अदिल विन सिद्धिकले ३६, चौधुर मोहम्मद रिजवाले २१ र अरिफुल इस्लामले १३ रन बनाएका थिए । उज्यालो अनलाईनबाट साभार गरिएको,...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौँ अधिवेशन फेब्रुअरी १० मा हुने

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौँ अधिवेशन फेब्रुअरी १० मा हुने

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज
  दक्षिण कोरिया / सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन बिहान ११ बजे सौलको 서울시 중구 마른내로 १४६,७ 층 서울 이여성상담센터 हुने भएको छ। “आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलन को आधार” मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरू मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो कार्यसमितिको बैठकबाट समाजको पाँचौ अधिवेशन फेब्रुअरी १० तारिख शनिबारका दिन ११ बजे गर्ने निर्णय गरिएको हो। अधिवेशनलाइ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि आयोजकले निमन्त्रणा समेत गरेको छ।  ...
स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय, गण्डकी प्रदेश, प्रवास, समाचार, समाज
दक्षिण कोरिया/ दक्षिण कोरियामा कृयाशिल संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । आईतबार सौल स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको साधारण सभामा बार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । संस्थाको १२ औं कार्यसमितिले १० करोड २४ लाख १९ हजार ५९ वन आम्दानी गर्न सफल भएको छ भने ७ करोड ५१ लाख ४१ हजार ९१७ वन खर्च भई ३ करोड ३४ लाख २७ हजार १४२ वन बचत भएको छ । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले प्रवासीहरुको हक हितका निम्ति समाजले गरेको कामको प्रसंसा गर्दै हरेकको सुख दुखमा निरन्तर सक्रिय भएर लाग्न आग्रह गरेका थिए ।   कार्यक्रममा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि खनाल, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरि,संस्थाका वरिष्ठ सल्लाहकार युवाराज गुरुङ तमुध...
रूसी सेनामा भएका नेपालीलाई फिर्ता पठाउन परराष्ट्रमन्त्रीको आग्रह

रूसी सेनामा भएका नेपालीलाई फिर्ता पठाउन परराष्ट्रमन्त्रीको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
काठमाडौं /परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गर्नुभएको छ । युगाण्डाको राजधानी कम्पालामा भइरहेको नामको शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरी उक्त आग्रह गर्नु भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको पनि बताउनु भएको थियो ।...
प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौं- प्रधानमन्त्री दाहाल

प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौं- प्रधानमन्त्री दाहाल

Breaking News 2, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्र संघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभएको छ । साझा विश्व समृद्धिका लागि गहन सहकार्य नारामा सुरु भएको ‘नाम’ को १९ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ‘विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्र संघका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसंघपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नु पर्ने बताउनस भयो ।...

प्रधानमन्त्री दाहाल र भारतका विदेशमन्त्री एस. जयशंकर बिच भेटवार्ता

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कम्पालामा भेटवार्ता गर्नु भएको छ । युगान्डाको राजधानी कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान नाम का मुलुकहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो । उक्त अवसरमा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएको छ ।...
हेटौंडामा माघ १६ गते देखि २७ गते सम्म छैठौं सहिद अन्तराष्ट्रिय गोल्डकप हुने

हेटौंडामा माघ १६ गते देखि २७ गते सम्म छैठौं सहिद अन्तराष्ट्रिय गोल्डकप हुने

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ६ स्थित गौरीटार रंगशालामा छैठौं सहिद अन्तराष्टिय मकवानपुर गोल्डकप हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १६ गते देखि २७ गते सम्म प्रतियोगिता हुने मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएको हो । प्रतियोगितामा  १२ वटा टिम सहभागि रहने आयोजकले जनाएको छ । यसै गरी प्रतियोगितामा प्रथम हुनेलाई रु १५ लाख प्रदान गर्ने छन् भने द्धितिय हुने टिमले रु १० लाख ,सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईक , बिद्यागत उत्कृष्ट खेलाडिलाई २५ हजार प्रदान गर्ने र म्यान अफ दि म्याच घोषित हुनेलाई रु १० हजार प्रदान गर्ने र अन्य सहभागि टिमलाई यातायात खर्च प्रदान गरिने  जनाएको छ । हेटौंडा -४ निवासी युवा व्यबसायी परशुराम स्मृति प्रतिष्ठानका प्रमुख सन्तोष गौतमले प्रतियोगितामा सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईकको सौजन्य गरिएको जिल्ला जिल्ला फुटबल संघ...
धौलागिरी सांगीतिक सौगात भाग -४ नाफामा जाने निस्चित

धौलागिरी सांगीतिक सौगात भाग -४ नाफामा जाने निस्चित

Breaking News 2, अन्तर्राष्ट्रिय, गण्डकी प्रदेश, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया /  कोरियन पर्व सलनालको अवसरमा आपतकालिन राहत कोष स्थापना गर्ने उद्धेश्य राखेर एनसीसी दक्षिण कोरियाको कार्यक्रम बाडफाँड अन्तर्गत रहेर गण्डकी प्रदेस एकता समाजको समन्वय र बागलुङ समाज दक्षिण कोरियाको मुख्य आयोजनामा हुदै गरेको धौलागिरी सांगीतिक सौगात भाग-४ सांगीतिक कार्यक्रम कार्यक्रम हुनु अगावै फाइदमा  जाने निस्चित देखिएको  छ । १० फेब्रुअरी २०२४ आयोजना गर्न लागिएको उक्त कार्यक्रमको तयारीको विषयमा जानकारी दिनको लागि आइतवार सौलको दोङ्देमुन स्थित रहेको दर्सन नमस्ते रेष्ट्रोरेण्टको सभाहलमा गण्डकी प्रदेस एकता समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य आयोजक संस्थाका अध्यक्ष भुमिराज भुसालले दिएको जानकारी अनुसार  सांगीतिक कार्यक्रममा लाग्ने खर्च बराबरको रकम  लगभग  सहयोग स्वरुप सङ्कलन भैसकेको जनाएको छ ।  उक्त कार्यक्रमको खर्च मोटामोटी ३ देखि ४ करोड वन लाग्ने अनुमान गरिएको...
यू–१९ विश्वकपमा शनिबार नेपाली क्रिकेट टोली खेल खेल्दै

यू–१९ विश्वकपमा शनिबार नेपाली क्रिकेट टोली खेल खेल्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौँ / आईसीसी यू–१९ विश्वकप खेल्न नेपाली क्रिकेट टोलीले शनिबार आफ्नो पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । विश्वकपअघि नेपालले स्कटल्यान्डको यू–१९ टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो । पाल र स्टकल्यान्डबिचको पहिलो अभ्यास खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकपअघि प्रत्येक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपालले दोस्रो अभ्यास खेल भने जनवरी १६ मा वेस्ट इन्डिजको यू–१९ टोलीसँग खेल्नेछ ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"