अन्तर्राष्ट्रिय

प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा  १८ जनाको मृत्यु

प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ/ प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना विस्थापित व्यक्ति थिए । उनीहरूले टेन्टमा शरण लिएका थिए । एजेन्सीका प्रवक्ता महमुद बासलले रातभर काम गरिरहेका उद्धारकर्ताहरूले १८ जनाको शव बरामद गरेको  बताए । उहाँले गाजाभरि ‘निरन्तर आक्रमण र इजरायली हवाई र तोपखाना बमबारी’ मा दर्जनौँ अन्य घाइते भएको जानबारी दिए । बासलका अनुसार मृतकहरूमा कम्तीमा तीन बालबालिका थिए । मध्य गाजा सहरको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको उनले बताए । मध्य गाजाको दिर एल–बालाहमा दर्जनौँ विस्थापित मानिसलाई शरण दिँदै रहेको एउटा टेन्टमा इजरायली क्षेप्यास्त्र प्रहार हुँदा अन्य चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । एएफपीका तस्बिरहरूले गाजा सहरको अस्पतालबाट आफन्तहरूले आफ्ना प्रियज...
फ्रान्सको हिन्द महासागरमा चिडो नामक शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान गयो

फ्रान्सको हिन्द महासागरमा चिडो नामक शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान गयो

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान गएको छ । झन्डै एक सय वर्षमा यस क्षेत्रमा शक्तिशाली आँधी आएको समाचार संस्था एएफपीले जनाएको छ । आँधीको समयमा हावाको वेग दुई सय २५ किलोमिटर प्रतिघण्टाको दरमा थियो । आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । हावाहुरीका कारण मेयोट क्षेत्रमा बिजुली अवरुद्ध हुनुका साथै खानेपानीको आपूर्ति बन्द छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रशासन मेयोट क्षेत्रका नागरिकको साथमा रहेर सहयोग गर्ने बताउनुभएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले उद्धारका लागि दुई सय ५० अग्नि नियन्त्रक र सुरक्षाकर्मीलाई मेयोटमा पठाइएको खबरमा उल्लेख छ । आँधीले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सन् १९३४ देखि मेयोटमा यति तिब्र गतिको आँधी नआएको गृहमन्त्री ब्रुनो रिटेलोले बताउ...
राष्ट्रपति युनलाई मार्शल लको सुझाव दिने रक्षामन्त्रीले राजीनामा दिने

राष्ट्रपति युनलाई मार्शल लको सुझाव दिने रक्षामन्त्रीले राजीनामा दिने

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
सोल / दक्षिण कोरियामा मार्शल ल लगाउने राष्ट्रपति युन सुक–योलको मंगलबार रातिको प्रयास असफल भएपछि विपक्षी दलका सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेस गरेका छन् । यसैबिच त्यहाँका सामाजिक कार्यकर्ताहरूले पनि युनको राजीनामाको माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । युनलाई मार्शल ल लागू गर्न सुझाउने रक्षामनत्री किम योङ–ह्युनले सर्वसाधारणमाझ द्विविधा फैलाएको र तनाव उत्पन्न भएकोमा माफी मागेको रक्षामन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । किमले मार्शल ल र यो लागू भएपछि उत्पन्न अस्थिरता सबैको जिम्मेवारी लिएका छन् । उनले मन्त्री पदबाट पनि राजीनामा दिने बताएका छन् । युनले आफ्नो राजीनामा स्वीकार नगर्दासम्म पदमै बस्ने उनले भनेका छन् । असफल मार्शल लपछि विपक्षी दलहरूले युनमाथि महाभियोगको प्रस्ताव पारित गरेका छन् । महाभियोगमा शुक्रबार वा शनिबार मतदान हुने भएको छ ।...

नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनले घोषणा गरेको छ ।   नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् । यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाए । सोमबार चीन भ्रमण गएका प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । ओली यही मंसिर २० गते नेपाल फर्किने छन् ।...
दक्षिण कोरियाली राष्ट्रपति  योलले आपतकालीन मार्शल कानून घोषणा गरे

दक्षिण कोरियाली राष्ट्रपति योलले आपतकालीन मार्शल कानून घोषणा गरे

Breaking News 1, अन्तर्राष्ट्रिय, विज्ञान प्रविधि, समाचार
दक्षिण कोरिया/ दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले मंगलबार राति अचानक आयोजित पत्रकार सम्मेलनमार्फत “राष्ट्रविरोधी तत्वहरू“ विरुद्ध आपतकालीन मार्शल कानून घोषणा गरेका छन्। “म उत्तर कोरियाली साम्यवादी शक्तिहरूको खतराबाट दक्षिण कोरियालाई जोगाउन, हाम्रो जनताको स्वतन्त्रता र खुसीलाई हरण गर्ने निर्दयी प्र–प्योङयाङ राष्ट्रविरोधी शक्तिहरूलाई तुरुन्तै समाप्त गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थाको रक्षा गर्न मार्शल कानून घोषणा गर्दछु,“ राष्ट्रपति युनले सियोलको योंग्सान राष्ट्रपति कार्यालयमा आयोजित आपतकालीन पत्रकार सम्मेलनमा भने। “आपतकालीन मार्शल कानूनमार्फत हामी खस्किंदै गएको स्वतन्त्र दक्षिण कोरियालाई पुनः निर्माण र रक्षा गर्नेछौं।“ युनले यस्तो राष्ट्रविरोधी तत्वहरू र देशको पतनका दोषीलाई “जसले अहिलेसम्म दुष्कर्म गरेका छन्“ निर्मूल गर्ने प्रतिबद्धता जनाएका छन्। युनले यो कदमलाई “संविधान उल्टाउन...
प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दै

प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठ्माण्डौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दै छन् । सोमवारवाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्ने छन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने जनाइएको छ । हिजो बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए भने प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरु बेइजिङस्थित सरकारी अतिथि गृह देउताइ स्टेट गेष्ट हाउसमा रहेका थिए ।...
शक्तिको उपयोग बाट बजेट पारितकोे विधेयक अघि बढाउदा बार्नियरले अविश्वास मतको सामना गर्दै

शक्तिको उपयोग बाट बजेट पारितकोे विधेयक अघि बढाउदा बार्नियरले अविश्वास मतको सामना गर्दै

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं / सामाजिक सुरक्षाको बजेट पारित गर्न ल्याएको विधेयक अघि बढाउन शक्तिको उपयोग गर्दा फ्रेन्च प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वास मतको सामना गर्नु परेको छ । संसदमा भएको हंगामा बुधबारसम्म लम्बिने बताइएको छ । बजेटमा बार्नियरले भारी करवृद्धि र खर्चमा व्यापक कटौती गर्दै विधेयक ल्याएका थिए । उनको कदममा वामपन्थी सांसदहरुले तगारो हालेका छन् । बार्नियरले २०२५ को बजेट अघि बढाउनका लागि फ्रान्सको संविधानको अनुच्छेद ४९।३ को उपयोग गरेका छन् । जसले विना भोटिङ विधेयक पारित गर्नका लागि अनुमति दिएको छ । र्नियरले सांसदहरुलाई भनेका छन्, ‘मलाई लाग्दैन कि देशको भविष्यको साटो पार्टी हितलाई प्राथमिकता दिँदा फ्रान्सेली नागरिक हामीलाई माफ गर्लान् ।’ हामी सबैले आ(आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्ने सुझाव उनले दिएका छन् ।...
दक्षिण कोरियामा बङ्गुर फार्ममा कार्यरत एक नेपालीको ज्यान गयो

दक्षिण कोरियामा बङ्गुर फार्ममा कार्यरत एक नेपालीको ज्यान गयो

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
दक्षिण कोरिया/ दक्षिण कोरियामा बङ्गुर फार्ममा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ ।    बङ्गुरको मलमुत्र जम्मा गर्ने ट्याङ्की सफा गर्ने क्रममा निशासिएर नेपाली सहित एक कोरियनको पनि मृत्यु भएको हो । उक्त फार्ममा दुईजना नेपाली कार्यरत रहेको थियो । घटनामा अर्का एक नेपाली फार्ममा अर्को एक नेपाली अस्पतालमा भर्ना भएका छन् ।...
‘1974 AD’ ब्यान्डले दक्षिण कारियामा सांगीतिक प्रस्तुति दिने

‘1974 AD’ ब्यान्डले दक्षिण कारियामा सांगीतिक प्रस्तुति दिने

Breaking News 2, अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार
दक्षिण कोरिया/ '1974 AD' ब्यान्डले दक्षिण कारियामा सांगीतिक प्रस्तुति दिने भएको छ । जनवरी २८ तारिखमा सउलमा कोरियनहरूको नयाँ वर्ष सलनालमा “माछापुछ्रे सांगीतिक सौगात भाग ४ मा ब्यान्डले आफ्नो प्रस्तुति राख्ने भएको हो । कास्की परिवार दक्षिण कोरियाको आयोजनामा हुने उक्त कार्यक्रममा ब्यान्डले यो मन त मेरो नेपाली हो लगायत अन्य प्रख्यात गित लाईभ प्रस्तुति दिने छन् । जस्तै सम्बोधन तिमिलाइ, पहिलो जुनीमा, परेलीमा लुकाइ राखन, धेरै धेरै आउछ चर्चित गितहरुको प्रस्तुति राख्ने आयोजकले जनाएको छ । नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा कार्यक्रम हुन लागेको हो ।...
सिक्किममा बस दुर्घटना ६ जना को मृत्यु, १५ जना घाइते

सिक्किममा बस दुर्घटना ६ जना को मृत्यु, १५ जना घाइते

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
सिलिगुडी/ भारतको सिक्किमस्थित रम्फू नजिकै शनिबार भएको बस दुर्घटनामा ६ जना यात्रीको मृत्यु भएको छ । १५ जना घाइते छन् । सिलगडीबाट रम्फु जाँदै गरेको बस रम्फु नजिक अँधेरीमा दुर्घटना भएको थियो । दुर्घटना भएको बस सडकदेखि खसेर टिष्टा नदी नजिकै पुगेको थियो । नदीमा बस नपरेका कारण क्षति कम भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । दुर्घटनामा कोलकाताका इकबाल हसन, गान्तोकका गोपाल जे. प्रसाद, गोरुवथान डुवर्सका अजय तामाङ, जुलु रंग्पो सिक्किमकी जुली कुमारी, सिलिगुडीका इन्द्रजितको मृत्यु भएको छ । एक जना मृतकको सनाखत भएको छैन । दुर्घटनामा बसन्ती बर्मा, नौसाद आलम, समीर चौधरी, साजिर आलम, अमित तामाङ, शंकर डकुवा, नाश्वाद आलम, सुमन चौधरी, सुनिता देवी, तौफिक आलम, राहुल आलम र दीपक क्षेत्री घाइते छन् । त्यस्तै पतामोली बर्मन, साहनवाज र तजिमुद्दिन अन्सारी घाइते छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"